Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

फुड बैंक मार्फत ६३२ परिवारलाई राहत, आवश्यकता भए पछि परिदैन


  • लुम्बिनी चिन्तन
  • आषाढ १, २०७८ मंगलवार
  • 1.9K
    SHARES

फुड बैंक मार्फत ६३२ परिवारलाई राहत, आवश्यकता भए पछि परिदैन

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा संचालन गरेको फूड बैंक मार्फतको राहत वितरण स्थगित गरेको छ । 
स्थानीय प्रशासनले जेठ १ गते देखि आर्थिक चलायमानका लागि निषेधाज्ञामा केही खुकुलो गरेसँगै सोमबार थप ३१ परिवारलाई राहत वितरण गर्दै क्लबले जारी कार्यक्रम स्थगित गरेको हो । 

कोरोना भाइरसको संक्रमणका कारण स्थानीय प्रशासनले बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको थियो, निषेधाज्ञाबाट हात मुख जोर्न प्रभावित भएका विपन्न परिवारलाई मध्यनजर गर्दै क्लबले वैशाख २७ गते देखि भैरहवास्थित प्रहरी टोलमा फूड बैंक’ सञ्चालनमा ल्याएको थियो ।

क्लबले लगातार ३६ दिनमा ६३२ घर परिवार लाई राहत (रासन)वितरण गरेको छ, हामीसँग अझै पनि खाद्यान्न छन तर निषेधाज्ञामा केही खुकुलो भई करिब ७० प्रतिशत पसलहरु खुल्ने भएकोले आर्थिक चलायमान हुने भएकोले हाललाई यो अभियान स्थागित गरेको क्लबका वर्ष २०२०÷०२१ का अध्यक्ष हिरा बहादुर शाहले बताए । 

क्लबले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभियान स्थागित गरेको जानकारी गराएको छ, रोगले भन्दा भोकले मर्न दिदैनौ भन्ने अभिप्रायले गरिएको अभियानमा आफुहरुले भोगेको अनुभव, पिडितहरुले सुनाएको पिडा र कामको दौरान प्रशासनले दिएको दुखबारे अवगत गराएका थिए । 

क्लबले विशेष गरी दैनिक ज्यालादारी गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवार तथा मजदूरलाई फूड बैंकमार्फत ६ जना सदस्य रहेको परिवारलाई  १५ दिन सम्म खान मिल्ने गरी खाद्यान्न सामग्री निःशुल्क उपलब्ध गराइरहेको क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरीले बताए । संस्थाले फुड बैंकलाई स्थागित गरेपनि आवश्यकता अनुसार पुनः संचालन गर्न सकिने, यसमा क्लब पछि नपर्ने उनले बताए । 

क्लबले चामल, दाल, तेल, सोयाबीन, नुन र चिउरा लगायतका खाद्य बस्तु र मास्क उपलब्ध गरारहेको थियो । हाल सम्म ६३२ परिवारलाई करिब १० लाख मूलय बराबरको खाद्यान्न सहयोग भएको क्लबका सदस्य धर्मविर शर्माले भने । 
मैले एकल रुपमा सुरुवात गरेको राहत वितरण पछि संस्थागत रुपमा आएर क्लब मार्फत जोडिएर गरियो, शायद क्लब नभएको भए यति संख्यामा राहत गर्न सकिदैनथ्यो होला शर्माले भने कसरी सेवा गर्ने भनेर रोटरी क्लबले सिकाएको भन्दै शर्माले सबैलाई धन्यावाद दिए ।

क्लबले सिद्धार्थनगर, ओमसतिया, सियारी, मायादेवी लगायतका पालिक भित्रका परिवारलाई राहत वितरण गरेको थियो, हामीले आफनै सवारीसाधनबाट राहत घर घरमा पु¥याउदै आएका े अर्का सदस्य कृष्ण प्रसाद अधिकारी ले भने । 
क्लबका सचिव प्रिया बन्धु न्यौपानेको संचालनमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण पाण्डेले रोटरी नेपालले कोभिडका कारण विशेष गरी सबै क्लबलाई स्वास्थ्य क्षेत्रमा समाजसेव ागर्न आदेश जारी गरेको छ, आउने भैपरीलाई मध्यनजर गर्दै अक्सिजन ग्यासको उपलब्धता, अक्सिजन कन्सन्ट्रेटर, जनचेतनामुलक कार्यक्रम गर्ने योजना बनाइसकेको बताए ।     

 


लुम्बिनी चिन्तन

थप समाचार