Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्वास्थ्यलाइ प्राथमिकता दिदै आज लुम्बिनी प्रदेशकाे बजेट


  • लुम्बिनी चिन्तन
  • आषाढ १, २०७८ मंगलवार
  • 1.3K
    SHARES

स्वास्थ्यलाइ प्राथमिकता दिदै आज लुम्बिनी प्रदेशकाे बजेट

बुटवल । स्वास्थ्यलाइ प्राथमिकता दिदै  आज लुम्बिनी प्रदेश प्रदेश सरकारले  आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दैछ।  आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले  स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिदै बजेट भाषण गर्ने छन।   

गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि साढे ३ अर्ब बढीको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ । 

आगामी वर्षको बजेटमा ससर्त र समपूरक बजेटसहित झन्डै ४ अर्ब बजेट प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाउनेछ । त्यसबाहेक कोभिड कोषबाट खर्च गर्ने र महामारीमै खर्च गर्न मिल्ने गरी सरकारकै अर्थ विविध शीर्षकमा पनि ठूलै रकम रहनेछ । 

आर्थिक मामिलामन्त्री एवं सरकारका प्रवक्ता चौधरीले स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट तयार भएको बताए । बजेटको ठूलो हिस्सा स्वास्थ्य, कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनरुत्थानमै रहने उनले बताए ।

सरकारले आगामी वर्षका लागि महत्त्वाकांक्षी र नयाँ योजना कुनै पनि समावेश गरेको छैन । गत वर्षदेखिका राम्रा मानिएका मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषिलगायतका अभियानमुखी कार्यक्रम निरन्तर हुनेछन् । 

आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले बताए ।

त्यस्तै सडक, पुल, सिँचाइ, विद्युत्लगायतका पूर्वाधार विकासका क्रमागत योजनाका लागि पनि पर्याप्त बजेट व्यवस्थापन हुने आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले बताए ।

रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापना, कृषिमा युवा सहभागिता, रोजगारी प्रवर्द्धन गर्ने सहकारी संस्थालगायतका कार्यक्रम पनि सरकारको प्राथमिकतामा छन् ।


लुम्बिनी चिन्तन

थप समाचार