Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आजदेखि नयाँ शैक्षिक सत्र


  • लुम्बिनी चिन्तन
  • आषाढ १, २०७८ मंगलवार
  • 542
    SHARES

आजदेखि नयाँ शैक्षिक सत्र

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । 

आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण ९भर्ना० तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।

कोरोना ९कोभिड–१९० सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने छ । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । 

सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार