Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मर्चवारकाे मकरी र बैरिहवामा सडक भत्काइयाे, मुख्यमार्ग र मर्चवारसँगकाे सडक सम्पर्क विहिन


  • लुम्बिनी चिन्तन
  • आषाढ २, २०७८ बुधवार
  • 4.1K
    SHARES

मर्चवारकाे मकरी र बैरिहवामा  सडक भत्काइयाे, मुख्यमार्ग र  मर्चवारसँगकाे सडक सम्पर्क विहिन

भैरहवा । रूपन्देहीको माया देवी गाउँ पालिका वडा नम्बर ६, शिवपुर मकरी स्थित मचर्वार खडक खण्ड भत्काइएको छ । आइतबार देखप लगातार परेको वर्षाका कारणा गाउँमा बाढी पस्ने जोखिम भएकोले स्थानीय र इलाका प्रहरी कार्यालय मझगावा, सशस्त्र प्रहरी लगायतको टिमले मंगलबार राती नै सडक भत्काएका हुन । सडक तत्काल डोजरले भत्काएपिछ गाँउमा पस्न लागेको बाढी रोकिएको छ । 

मर्चवार जाने मुख्य सडक नै राती ९ बजे भत्काए पछि भैरहवा र मर्चवारसँगको सडक सम्पर्क टुटेको छ स्थानीय ओम प्रकाश यादव गुल्जारीले जानकारी दिए ।  मकरी देखि खजुरिया गाउँ जाने बाटो काटीएकाे हाे, अहिले पानी रोकिएकोले अवस्था सामान्य छ यादवले भने ।

collage (18).jpg

यस्तै मायादेवीकाे  बैरिहवामा पनि सडक भत्काइएको छ, पानीको वहाव बढेसँग सडक सतहमा पानीको निकासका लागि सडक भत्काइएको हो । गाँउ नै जोखिम रहेकोले घर तथा जिउधनको रक्षाका लागि स्थानीयको पहलमा गाँउ नजिककाे उक्त सडक भत्काइएको हो ।

हरेक वर्ष यस क्षेत्रमा यो समस्या आए पनि वर्षेनी सडक भत्काउने बाहेकको अन्य काम हुन सकेको छैन । दिर्घकालिन समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारको ध्यान जाओस् ।

त्यस्तै लगातार परेको वर्षका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ भरथापुरका केही घरमा पानी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहान देखि ३ किलोमिटर तल रहेको सो गाँउमा राती पानी पसेको हो । 

घरहरुमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल दुईमोहानको टोलीले डुबान क्षेत्रमा परेकोलाई उद्वार गरेको छ ।  
अहिले पनि उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्वारमा खटेको थियो । टोलीले २ दिने सुत्केरी महिला सहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।

लु.स.न.पा.–२ भरथापुरको कुमार मल्लाह, भुलई धुनियाँ, बिपत धुनिया, चिनक धुनिया, अजित धुनियाँ, बिहरी मल्लाह, बगेद मल्लाह, लक्ष्मण मल्लाह, जगतपाल मल्लाहको घरमा पानी पसेको लु.स.न.पा २ का वडाध्यक्ष रमेश प्रसाद निसादले जानकारी दिएका छन् ।
डुबानमा परेकाहरु मध्ये केही जना छिमेकीको घरमा र केही उक्त टोलमा रहेको सामुदायिक बीउ भण्डार तथा सुरक्षित आश्रय स्थलमा बास बसेका छन । 

तस्बिर : ओम प्रकाश यादव गुल्जारी


लुम्बिनी चिन्तन

थप समाचार