Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ राजमार्गकाे सडक खण्ड बगाए पछि ओहोरदोहोर बन्द


  • लुम्बिनी चिन्तन
  • आषाढ २, २०७८ बुधवार
  • 1.0K
    SHARES

सिद्धार्थ राजमार्गकाे सडक खण्ड बगाए पछि ओहोरदोहोर बन्द

पाल्पा ।  पहिरोले सिद्धार्थ राजमार्गको ५० मिटर सडक बगाए पछि ओहोरदोहोर बन्द भएकाे छ ।  अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको हाे ।

डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् ।

साना ठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार