Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा साढे सात प्रतिशत संक्रमित,  ६१ जना संक्रमण मुक्त


  • लुम्बिनी चिन्तन
  • आषाढ २, २०७८ बुधवार
  • 1.1K
    SHARES

रुपन्देहीमा साढे सात प्रतिशत संक्रमित,  ६१ जना संक्रमण मुक्त

भैरहवा । रुपन्देहीमा बुधबार साढे सात प्रतिशतमा कोरोना पोजिटिभ पुष्टि भएको छ ।  जिल्ला भरी भएका २९१ जानको आरटिपिसीआरबाट परिक्षण गर्दा २२ जना अर्थात साढे सात प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा अहिले संक्रमितको संख्या घट्दै गएको छ । स्थानीय प्रशासनले बैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा लागु गरेसँगै सक्रमण नियन्त्रणमा आएको छ, संक्रमण नियन्त्रण भएकोले हिजोबाट स्थानीय प्रशासनले निषेधाज्ञामा केही खुकुलो गरेको छ । 
पछिल्लो २४ घण्टामा जिल्लाका १० महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ, त्यस्तै २ जना संक्रमितको मृत्यु भएको छ ।  

पछिल्लो २४ घण्टामा बुटवलमा सबै भन्दा बढि ५ महिला र ४ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । त्यस्तै तिलोत्तमामा ५ जना,  देवदहमा ३ जना, सैनामैनामा २ जना, सिद्धार्थनगर, गैडहवा र कंचनमा १–१ जना जना नयाँ संक्रमित थपिएका छन् । 
कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ ।  

हाल सम्म २७ हजार ८ सय ९ जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार ७ सय ६० जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ सय ७४ जना मध्ये १०६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ४ सय ६८  जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९६ प्रतिशत निको भएका, २ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार