भैरहवा । नेपाल भारत सिमा नाका बेलहियामा पर्यटन व्यवसायीहरुले धर्ना अन्दोलन गरेको छन ।
पर्यटन र पर्यटकको पुनः निरन्तरता तथा संचालनका लागि बेलहिया नाकाबाट पूर्व अवस्था जस्तै आवतजावत पर्यटकीय गतिविधी सहितको वातावरण बनाउन शान्तिपूर्ण धर्ना आनदोलन गरेको हो ।

पर्यटन व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र भारत लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान समेत सुरु भइसकेको अवस्थामा स्थल मार्ग हुदै सबै भन्दा बढि पर्यटक आवग्मन अझै पनि बन्द रहेको आवतजावत सुचारु गर्न माग गरेका छन । सिद्धार्थ होटल एशोसियशन नेपाल सान, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स, होटल तथा रेक्ष्टुरेन्ट व्यवसायी संगठन, होटल व्यवसायी, पर्यटन व्यवसायीहरुले नेपाल भारतका सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराएका थिए ।