Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


  • लुम्बिनी चिन्तन
  • आषाढ ३, २०७८ बिहिवार
  • 930
    SHARES

भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

भैरहवा । प्रतिमान–नीमा प्रतिष्ठानले भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । 
लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताल र २ वटा आइशोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान गर्ने क्रममा बिहीबार भीम अस्पताललाई उक्त सामग्री प्रदान गरेको हो ।

अन्तराष्ट्र्यि दातृ निकाय संग समन्वय गरि प्रतिष्ठानले अमेरीकामा रहेको प्रोजेक्ट होपको सहयोगमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर ७ थान, अक्सिजन सिलिण्डर १५ थान, अक्सिजन रेगुलेटर १५ थान, पीपीई सेट १ हजार २ सय थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल्ड २५० थान, सर्जिकल क्याप २५० थान र सेनिटाइर १२० लिटर प्रदान गरिएको  प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताइन ।

कोभिड १९ को दोस्रो लहरले जनजीवनमा नकारात्मक प्रभाव पारेको र अस्पतालमा अक्सिजन लगायतको स्वास्थ्य उपकरण तथासामग्रीको अभावमा नहोस भन्ने हेतुले लुम्बिनी प्रदेशका भिम अस्पताल सहित १३ वटा अस्पताललाई उक्त सामाग्री प्रदान गरिने क्रममा छौ । कोभिड–१९ को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग पुर्याउने उद्देश्यले अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको थापाले बताइन्  । 

आज उक्त सामग्री रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा।शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको निर्देशक धर्म बहादुर केसीले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार