Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा बजारकाे अनुगमन, अन द स्पट कारवाही


  • लुम्बिनी चिन्तन
  • आषाढ ४, २०७८ शुक्रवार
  • 1.0K
    SHARES

भैरहवा  बजारकाे  अनुगमन, अन द स्पट कारवाही

भैरहवा । जिल्ला अनुगमन समितिले भैरहवा बजारमा अनुगमन गरेको छ ।  खाद्यान्न र मास्क सेनिटाइजरको मुल्यमा जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बाणिज्य कार्यालय,  जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघको प्रतिनिधित्वमा संयुक्त अनुगमन टोली अनुगमन गरेको हो । 

अनुगमन टोली भैरहवाको गल्लामण्डी स्थित किराना तथा खाद्यान्न, वैकरोड र आवारोडमा मास्क तथा सेनिटाइजर विक्रेताहरुको पसल अनुगमन गरेको छ । अनुगमनले मापदण्डविपरीत व्यवसाय संचालन गर्ने रुपन्देहीका चार व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ । गल्लामण्डीका एक उद्याेग र २ वटा पसललाइ उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको कसूर गरेको पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम ५ हजार जरिवाना गरिएको हो ।

त्यस्तै भैरहवाको आवारोडमा रहेको मास्क तथा सेनिटाइजरको विक्रेता पसलमा दर्ता कागजपत्र तथा विल नभएको, भएको मालबस्तुको मुल्य काटेको भन्दै २० हजार जरिवाना गरिएको हो । 

खाद्यान्नमा कृत्रिम अभाव भएको र मुल्य बृद्धि भएको गुनासो कार्यालयमा आएपछि विभिन्न सरोकारवाला निकाय, संचारकर्मी, उद्योगी व्यवसायीको प्रतिनिधी संयुक्त रुपमा हामीले बजार अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

उपभोक्तामाथि खेलवाड गरकोले अहिले तत्काल कारबाही स्वरुप जरिवाना मात्र गरेका छौे अनुगमनलाई निरन्तरता दिन्छौ पौडेलले भने । अनुगमन समितिले बिहीबार पनि अनुगमनका क्रममा बुटवलको स्मृति ट्रेडर्स र पड्सरीको शिवजी शब्जी भण्डारलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरेको थियो । 


जरिवाना तोकिएका व्यवसायिक प्रष्ठिानले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको कसूर गरेको पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना गरिएको बाणिज्य कार्यालयले जनाएको छ । जरिवाना गरिएका फर्मलाई ७ दिनभित्र जरिवाना रकम दाखिला गर्न अनुगमन समितिले निर्देशनसमेत गरेको निरिक्षक तथा बाणिज्य कार्यालय प्रमुख टेकराज भट्टराईले भने 

उनले उपभोक्तालाई ठग्ने, ऐन, नियम उल्घंन गर्नेलाई कानूनी दायरामा ल्याइने बताए । ‘अनुगमनलाई अब निरन्तरता दिन्छौं, कसैले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए त्यसलाई तुरुन्त कारबाही गर्ने बताए । 

अनुगमनको टोली गल्लामण्डी प्रवेश गरेसँगै अधिकांस पसल बन्द गरेका थिए । अनुगमन टोलीले मुख्तया खाने तेलको मुल्य के कति कारणले बढ्यो, मौजदात र कालाबजारीको अवस्था बुझन थोक विक्रेताहरुको खोजी गरेकोले पूर्व सूचना पाएर ती पसलहरु पहिलै बन्द रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार