भैरहवा । रुपन्देहीमा बिहीबार ९९ जना संक्रमण मुक्त र ८ जना नयाँ संक्रमित थपिएका छन । जिल्ला भरीका १८२ जनाको आररटीपसिीआरबाट परिक्षण गर्दा ४ दशमलव ३९ प्रतिशत अर्थात ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा जिल्लाका ५ वटा पालिकाका ४ महिला र ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकामा २–२ जना, मर्चवारी र सिद्धार्थनगर नगरपालिकामा १–१ जना जना नयाँ संक्रमित थपिएका हुन् ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ, सो मृतकसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७६ पुगेको छ । हाल सम्म २७ हजार ८ सय ३६ जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार ९ सय ७ जना निको भइसकेका छन ।
यस्तै सक्रिय संक्रमित ४ सय ५३ जना मध्ये ९२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ३ सय ६१ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९७ प्रतिशत निको भएका, १ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।