Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

५ लाख बढीको अबैध सामान बरामद


  • लुम्बिनी चिन्तन
  • आषाढ ४, २०७८ शुक्रवार
  • 1.8K
    SHARES

५ लाख बढीको अबैध सामान बरामद

भैरहवा । जिल्ला प्रहरी कार्यालयले सिद्धार्थनगरका विभिन्न स्थानबाट ५ लाख बढीको अबैध सामान बरामद गरेको छ ।

कार्यालयकाे मातहतका वडा प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.९ उदयपुर र वडा नं. १३ शान्तिनगरबाट  भारतबाट नेपाल तर्फ भन्सार छली, चोरी पैठारी गरी अबैध सामानहरु ओसार–पसार गरी ल्याउँदै गरेको अबस्थामा  पांच लाख बाह्र हजार बराबरको अबैध सामान वरामद गरेको हो ।

यस्तै समान ओसार्न प्रयोग गरिएको लु ४२ प २९७ र लु ४९ प १३६६ नं.को स्कुटी समेत प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जनाए । उनका अनुसार प्रहरीले एक लाख मुल्य वरावरका १० वटा खशीबोका, ३५ कार्टुन पेय पदार्थ रेडबुल, मोटरपाटर्स, चिनी, भिजिटि◊ कार्ड, स्कुटी नियन्त्रणमा लिई  आवश्यक कारवाहीका लागि भन्सार पठाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार