भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर नोवल लेडिजले बाढी पिडितलाई राहत प्रदान गरेको छ ।
अविरल वर्षकाकारण सृजित विषम परिस्थितीले डुबान र विस्थापित हुने पुगेका मर्चवार क्षेत्रका ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । क्लबका सदस्य सहित उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे सहितको टोलीले उक्त क्षेत्रका बाढी पिडितहरुलाई राहत वितरण गरेका थिए ।