भैरहवा । रुपन्देहीमा हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पहिलो संक्रमणको लहरबाट १५७ जनाको मृत्यु भए पनि बैशाखको सुरुवातसँगै आएको दोस्रो भेरियन्टको भाइरस संक्रमणबाट २ महिनाको अवधिकै ३ सय १९ जना संक्रमितको मृत्यु भएको हो ।
गत वर्ष बैशाख १९ गते रुपन्देहीको कोटहीमाई गाँउपािलकामा पहिलो संक्रमितको रुपमा एक यूवामा संक्रमण देखिएको थियो, अहिले १४ महिनाको दौरान जिल्लामा २७ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये २६ हजार ९ सय ७ जना अर्थात ९६ दशमलव ६७ प्रतिशत संक्रमणबाट मुक्त भएका छन ।
बैशाखको १ गते जिल्लामा ९ हजार ३ सय २९ जनामा संक्रमण पुष्टि भए पनि ९ औँ साताका दिन जिल्लामा संक्रमण संक्रमण ३ गुणाले बढेको हो । स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि नै जिल्लाभर नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा जारीगरेसँगै संक्रमणको चेन ब्रेक भएको छ ।
अहिले जिल्लामा ४५३ जना सक्रिय संक्रमित छन, जसमध्ये ९२ जनामा लक्षण देखिएकोले विभिन्न अस्पतालमा उपचाररत छन भने ३ सय ६१ जना होम आइशोेशनमा रहेर उपचार गराइरहेका छन । दैनिक रुपमा संक्रमितको मृत्यु भएको अपडेट लगातार २ महिनादेखि आइरहेको थियो, पछिल्लो दिनमा भने यो संख्या शुन्यमा झरेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङ अनुसार मृत्यु भएका मध्ये ५० वर्ष देखि ५४ वर्ष उमेर समूहका १४ प्रतिशत, र ७५ वर्ष माथि उमेर समूहका मात्रै १६ प्रतिशत रहेका छन । त्यस्तै ३० वर्ष देखि ४९ वर्ष उमेर समूहका साढे २८ प्रतिशत र २ प्रतिशत २९ वर्ष मुनिका संक्रमित रहेका जानकारी दिए ।
अहिले पिसीआर गराउनेको संख्यामा कमि आएपनि संक्रमण छैन भन्न मिल्दैन, पहिला भन्दा पोजिटिभीटीको संख्यामा मात्रै केही कमि हो । अहिले सक्रिय संक्रमितको संख्या धेरै कम भएको छ, एक प्रकारले भन्नु पर्दा संक्रमण हाम्रो नियन्त्रणमा नै रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले भने ।
दोस्रो लहरको सुरुवातमै बैशाख ७ गते जिल्लामा ४४७ जना सक्रिय संक्रमित थिए, बैशाखको ३० गते सो संख्या उत्कर्षमा पुग्दा ७ हजार ४ सय ७० जना पुगेका थिए तर सो क्रम निरन्तर घट्दै जादा अहिले ५ सय भन्दा पनि कम पुगेको छ, जारी निषोधाज्ञाले नै हामीले संक्रमण नियन्त्रीत गर्न सकेका हौ । उनले भने
स्थानीय प्रशासनले लकडाउनलाई र त्यसपछि पनि व्यवस्थि तगर्न सकेन भने जोखिममा पुग्न समय लाग्दैन । तर पनि पहिला भन्दा अहिले दोस्रो लहरले सचेतना धेरै बढेको पाएका छौ । हामीले संक्रमण नियन्त्रण गरेपनि हेल्चेक्रयाई भने नगर्न डाक्टर गिरीले सबैमा आग्रह गरेका छन ।
बाहिर जसरी संक्रमण घटेको देखिएपनि अस्पतालमा त्यो रुपमा घटेको छैन । कोभिड बाहेकका अन्य विरामीलाई चाहिने आइसियु, भेन्टिलेटर, एचडियु लगायतको वेड पनि प्रयाप्त रुपमा छैन । संक्रमणबाट बच्नु भौतिक दुरी र मास्क नै मुख्य हो, स्वास्थ्य मापदण्ड एसएमएसलाई पालाना गर्ने, खोपको पहुच बढाएर भ्याक्सिनेटेड हुनुनै यस्को विकल्प हो । सरकारले अहिले विभिन्न चरणमा खोपको पनि व्यवस्थापन गरिरहेको छ, अधिकांस फ्रन्टलाइनरले खोप लगाएपनि बाकी र अन्य नागरिकको खोप व्यवथापनमा सरकार लागेको उनले बताए ।