Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

साहित्य संगम भर्चुअल माध्यमबाट निरन्तर

प्रत्यक्ष भेला हुन नसकेपछि प्रविधिसँग जोडिदै साहित्यकार


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०७८ शनिवार
  • 2.8K
    SHARES

साहित्य संगम भर्चुअल माध्यमबाट निरन्तर

भैरहवा । सिद्धार्थ साहित्य परिषद् रुपन्देहीको  २४७ औं मासिक साहित्यिक संगम शनिबार भैरहवामा सम्पन्न भएको छ । नियमित रुपमा प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष रुपमा सहभागी हुदै आएको साहित्यिक संगम कार्यक्रम अहिले विषम परिस्थितीका कारण भर्चुअल माध्यमबाट भएको हो । 

संस्थाको स्थापनाकाल देखि सहित्यमा आधारित विविध कार्यक्रम गर्दै आएको परिषद्ले  २०५२ साल देखि नियमति रुपमा रुपन्देही क्याम्पसमा दिउसो साढे १ बजे श्रष्टाहरुले रचना वाचन गर्ने गर्दै आएको परिषदका सदस्य देवी न्यौपानेले बताए । 

गत वर्ष कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले भेला हुन बन्देज गरेकोले फेसबुक मेसेन्जरमा जोडिएर रचना बाचन तथा सुन्ने गरेपनि अहिले प्रविधिकै प्रयोग गरेर जुम एप्लीकेशनबाट साहित्यिक संगम भइरहेको परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले जानकारी दिए । 

आज परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जुम को माध्यमले भर्जुअल रुपमा सहभागी जनाई श्रष्टाहरुले रचना वाचन भएकाे छ । साे कार्यक्रममा कमला देवकोटाले काठमाडौबाट, लेखनाथ घिमिरेले कपिलवस्तु ,घनश्याम पौडेलले  पोखराबाट सहित अन्य श्रष्टाहरु रचना बाचन गरेका थिए । 

कृष्णप्रसाद वश्यालको स्वागत तथा परिषद्का सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा अन्य श्रष्टाहरुमा कविता अधिकारी ,नारायण भन्डारी ,गंगा अभिलासी , अनुराधा ढकाल , सरु ज्ञवाली , सिर्जना खनाल, कृष्णप्रसाद वश्याल ,सावित्री घिमिरे ,सीता काफ्ले, डिवि गहतराज ,देवी न्यौपाने ,नरेन्द्र भन्डारी , यज्ञलाल सुवेदी वुटवल ,गंगा घिमिरे ,राधा भट्टराई ,हिरालाल धामी ,लक्ष्मीप्रसाद अधिकारी ,वनमाली निराकार , रुद्र ज्ञवाली ,परिषद्का सल्लाहकार साहित्यकार विजय सागर लगायतले विभिन्न विधाका कविता, गीत ,गजल ,कथा ,मुक्तक आदि रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण स्रष्टाहरुले समसामयिक विषय कोभिडको महामारी र वाढी पहिरोवाट दुखित पीडित र संवेदनशील  बनेका दाजुभाइ दिदीबहिनीहरु प्रति लक्षित रचनाहरुले साहित्य समाजको दर्पण हो भन्ने उदाहरण प्रस्तुत गरेको सचिव अधिकारीले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार