कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले खाेरबाट हातहतियार बरामद गरेकाे छ । कार्यालय माचहत रहेकाे ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्ट र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौलाबाट २ थान बन्दुक सहित अवैध बस्तु बराद गरेकाे हाे ।
हातहरियार लुकाई छिपाई राखेको भन्ने सूचना कार्यालयलाइ प्राप्त हुनसाथ कमणडले ३२ वर्षिय अस्लम मुसलमानको घरबाट टाढा रहेकाे खेतमा बनाइएकाे फुसकाे बाख्रा गोठमा हातहतियार लुकाई छिपाई राखेको अवस्थामा शनिवार साँझ बरामद भएकाे हाे ।
संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा १२ बोर बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज जंगी राउण्ड ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अन्दाजी ३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउन प्रयाेग गरिने जाल फेला परकेाे छ ।
बरामद समान के काे प्रउाेजनकाे लागि राखिएकाे हाे, निज अस्लम मुसलमानको समेत खाेजी भइरहेकाे प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।