Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपालबाट हज यात्रा स्थगित, स्वदेशका ६० हजारले मात्र हज गर्ने


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०७८ आइतवार
  • 1.9K
    SHARES

नेपालबाट हज यात्रा स्थगित, स्वदेशका ६० हजारले मात्र हज गर्ने

वर्षेनी लाखौ नागरिकले गर्दै आएको हज यात्रा वर्ष औपचारिकताका लागि मात्र हुने भएको छ । कोभिड महामारीको जोखिमलाई मध्यनजर गर्दै साउदी सरकारले यस वर्ष सिमित आफ्नै देशमा रहेका ६० हजार नागरिकहरुले मात्र हजगर्न पाउने निर्णय गरेको छ । 
नेपालबाट वर्षेनी नेपाली मुस्लिम समुदाय हजको लागि जाने गरेपनि शुक्रबार नेपाल हज समितिको सचिवालयले सूचना जारी गर्दै यसवर्षको हजयात्रा नहुने जानकारी दिएको छ । 

विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड –१९ को संक्रमण जोखिमका कारण यस बर्ष सन २०२१ ( बि.स.२०७८ ) का लागि साउदी अरबमा रहेका ६० हजार नागरिकहरुले मात्र हज गर्न पाउने गरी साउदी अरब सरकारले निर्णय गरेकोले नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत साउदी अरबको जेद्दा महावाणिज्य दूतावासबाट प्राप्त जानकारी भएकोले नेपाल हज समितिको सचिवालयले नेपालबाट यस बर्ष हजयात्रा नहुने व्यहोरा ईस्लाम धर्मावलम्बीहरुलाई जानकारी गराएको सचिवालयका सदस्य सचिवले जारी गरेको पत्रमा उल्लेख छ । 

नेपालबाट हजका लागि एक हजार ५ सय जनाको कोटा छ , कोरोना महामारीले गत वर्ष पनि स्थगित भएको थियो । केन्द्रिय हज समितिबाट गठित कार्य सम्पादन उप समितिले जनसंख्या, उमेर, रकम पेश्की भौचर र आवेदन मितिको आधारबाट हजयात्रामा जानेको नाम छनोट गर्दै आएको थियो ।

मुस्लीम धर्मका पांचवटा महत्वपुर्ण धार्मिक कार्य अनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (ब्रतं), जकात (दान)  मध्ये  हज (तिर्थाटन) समेत एक हो । जीवनमा एक पटक गर्नैपर्ने धार्मिक तीर्थयात्रा मध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रा मा पुगेर गरिने धार्मिक कार्यनै “हज” हो , मुस्लीममा हज’ गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग जाने सरह पूण्यफल प्राप्ति गर्ने, अन्जानमा भएका गल्तीबाट मुक्ति पाउनुका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निस्छल र पवित्र हुने धार्मिक विश्वास छ । 

मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथालो हो । हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नु पर्छ । मक्कामा सात पटक परिक्रमा (तवाफ) गर्नु पर्छ जसले एक हज प्राप्त हुन्छ । हजयात्रीहरूले बक्र्रइदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामुहिक नमाज पढी जनावरको बलि (कुर्बानी ) दिने गर्छन ।

 


लुम्बिनी चिन्तन

थप समाचार