Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेष्ठ महिनामा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी इन्चार्ज पुरस्कृत 


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०७८ आइतवार
  • 2.7K
    SHARES

जेष्ठ महिनामा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी इन्चार्ज पुरस्कृत 

भैरहवा । जेष्ठ महिनामा उत्कृष्ट कार्य गर्ने रुपन्देहीका तीन प्रहरी युनिट इन्चार्जलाई जिल्ला प्रहरी कार्यालयले सम्मान सहित पुरस्कृत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम जेष्ठ महिनामा समग्र इन्टीग्रिटी पक्षहरुको आधारमा उच्च इन्टीग्रिटी अंक प्राप्त गर्ने वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी, सिमा प्रहरी कदमहवामा कार्यरत प्रहरी सहायक निरीक्षक दिब्य थापा मगर र प्रहरी चौकी मर्यादपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वर रोकाय बेष्ट इन्टीग्रिटी इन्चार्जबाट सम्मानीत भएका हुन । 

स्वच्छता र इमान्दारिता कार्यान्वयन गराउनका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखको योजना अनुसार बेष्ट इन्टीग्रिटी इन्चार्जबाट उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई उच्च इन्टीग्रिटी अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गर्ने गरिएको छ । 

इन्चार्ज प्रहरीको आचारण, भष्ट्राचारमा संलग्नता , मातहतमा भ्रष्टाचार नियन्त्रणको भुमिका,  इन्चार्जको मातहत भएको कामको जानकारी वा सूचनाको अपडेट लगायत ९ वटा सुचकांकको आधारमा सबै भन्दा बढि अंक पाउनेलाई योे सम्मान अवार्ड प्रदान गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज केजीले भने ।

आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्चअंक प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरेको भन्दै पुस्कृत गरिएको हो ।  आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरि नगद पुरस्कार प्रदान गरीएको कार्यालयले जानकारी दिएको छ ।

हरेक महिना निरन्तर पुरस्कृत र सम्मान गर्ने एसपी केसीको योजना छ । पुरस्कृत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरि कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले पुरस्कार प्रदान गरेका हुन ।
जिल्लामा १३ वटा प्रहरी निरिक्षक र प्रहरी नायब उपरिक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय र सई असईको कमाण्डमा रहेको ४६ वटा प्रहरी चौकी रहेको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार