भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले निषेधाज्ञा उल्लंघन गर्ने ४ जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
सार्वजनिक यातायातको नक्कली पास बनाई निषेधाज्ञाको अबज्ञा गर्ने गुल्मी र रुपन्देहीका २–२ जनालाई कारवाही गरिएको हो ।
निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गर्ने गुल्मी धुर्कोट नगरपालिका वडा नं.७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका वडा नं.११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका वडा नं.७ का २७ वर्षिय विपिन काफ्लेलाई प्रहरीले नियनत्रणमा लिइ जनही पचास हजार र बुटवल उपमहानगरपालिका वडा नं.१२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य थापाले बताए ।
निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गरी शुक्रबार सवारी लिई हिँड्ने, नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेकोले उनीहरुलाई सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम सजाय तथा जरिवाना गरिएको हो डिएसपी थापले जानकारी दिए ।
त्यस्तै नेपालबाट भारत तर्फ लादै गरेको अवैध केराउ र पिकअप समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ । रुपन्देही रोहिणी गाउँपालिका वडा नं.२ मैनिहवा स्थित लु १ ज २६४५ नं को पिकअप जिपमा लोड गरी अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा ६०बोरा (३० क्वीन्टल) केराउ बरामद गरेको हो ।
दुई लाख चालिस हजार बराबरको केराउलाई कार्यालयबाट प्रहरी अधिकृत समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई अावश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया पठाईएको कार्यालयले जानकारी दिएको छ ।