Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

युवा सरोकारका मुद्धा नितिगत रुपमा सम्बोधन गर्न माग 


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०७८ आइतवार
  • 1.1K
    SHARES

युवा सरोकारका मुद्धा नितिगत रुपमा सम्बोधन गर्न माग 

भैरहवा । आगामी वार्षिक नीति तथा कार्यक्रममा युवा सरोकारका मुद्धाहरुलाई नीतिगत तवरमा सम्बोधन गर्दे बजेट तथा कार्यक्रममा समावेश गरिदिन युवा संघ नेपालले सिद्धार्थनगर नगरपालिकालाई ज्ञापन पत्र बुझएको छ । 

युवा संघ नेपालका सिद्धार्थनगर नगर कमिटी अध्यक्ष प्रकाश श्रेष्ठले कोभिडका कारण युवा आर्थिक सामाजिक मनोवैज्ञानिक तवरमा प्रताडित  र संकटापन्न भएका कारण युवा लक्षित विशेष कार्यक्रमको थप आवश्यकता रहेको स्मरण गराउदै नगरपालिकाको आगामी वार्षिक निित  तथा कार्यक्रममा ९ बुधे युवा सरोकारका मुद्धाहरु सम्बोधन गर्न माग गदै ज्ञापन पत्र बुझाएका हुन । 

नेपाल सरकारले हाल कोभिड विरुद्धको खोप कार्यक्रममा युवाहरुलाई वेवास्ता गरेकाले आर्थिक रुपमा सक्रिय रहनुपर्ने युवाहरुका लागि नगरपालिकाले आफ्नै खोप निति तर्जुमा गरी युवा  लक्षित खोप योजना तयार गरी खोप कार्यक्रम संचालन गर्ने निितगत व्यवस्था गरिदिन, युवा स्वरोजगारका क्षेत्रमा कार्यक्रमहरु नितिगत रुपमा सम्बोधन गर्न, नगरस्तरीय युवा परिषदको गठन तथा संचालनको नितिगत व्यवस्था मिलाउन, शिक्षा प्रणलीले व्यवहारिक शिक्षा नदिएका कारण सिर्जित बेरोजगारीको समस्या समाधानका लागि तालिमको व्यवस्थागर्न ज्ञापन पत्रमा माग गरिएको छ । 

त्यस्तै युवाहरुका लागि खुला व्यायामशालाको स्थापना गर्न, ध्यान योग केन्द्रको स्थापनाका साथै मनोरंजन पार्क र खेलमैदानको व्यवस्थापन गर्न, संचालनमा आउन लागेका अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक प्रविधिक तथा सेवा संचालनमाआवश्यक पर्ने तालिमको व्यवस्थाका लागि प्राधिकरणसँग सहकार्यको नितिगत व्यवस्थ ागर्न, नगरपालिकाबाट संचालन हुने खेलकुदजन्य कार्यक्रमहरु स्थानीय युवाहरुको सक्रियातामा स्थापना भएका क्लबमार्फत संचालन गर्न नितिगत  व्यवस्था मिलाउन, युवाहरुको संलग्नतामा चालिरहेका सामाजिक संस्थाहरुले संचालन गर्ने कार्यक्रमहरुलाई नगरपालिकाले अपनत्व प्रदान गर्ने नितिगत व्यवस्था मिलाउने ज्ञापन पत्रमा उल्लेख छ । 

युवासंघमा आबद्ध सदस्यहरुले नगरप्रमुखको कक्षमा गई नगरप्रमुख हरि प्रसाद अधिकारी ज्ञापन पत्र बुझएका थिए । 

 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार