Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा निषेधाज्ञा असार १४ गते सम्म निरन्तरता, निजी सवारीसाधन जोरबिजोर संचालन हुने


  • लुम्बिनी चिन्तन
  • आषाढ ७, २०७८ सोमवार
  • 1.4K
    SHARES

रुपन्देहीमा निषेधाज्ञा असार १४ गते सम्म निरन्तरता, निजी सवारीसाधन जोरबिजोर संचालन हुने

भैरहवा । कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पार्दै रुपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञाको अवधि थपिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सोमबार जारी सूचनामा असार ८ गते बिहान ६ बजेदेखि असार १४ गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी अादेशमा उल्लेख छ । आज बसेको जिल्ला प्रशासन कार्यालयको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो ।

निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने गरी प्रशासन कार्यालयले चार पांग्रेको हकमा बढीमा चालकसहित ४ जना मात्र सवार गर्ने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारीसाधन सञ्चालन गर्ने, निषेधाज्ञाको अवधिमा सबै प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न, भेला, भिडभाड, महोत्सव जात्रा, सभा जुलुस लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न नपाइने प्रशासनद्धारा सोमबार जारी सूचनामा उल्लेख छ ।

त्यस्तै निषेधाज्ञालाई केही खुकुलो बनाउने गरी प्रशासनले मासु, माछा, तरकारी, फलफूल दुग्धजन्य सामग्री स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य व्यवसाय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । त्यस्तै विकास निर्माणका कार्यलाई निरन्तरता दिन निर्माण सामग्री बोकेका सवारी साधन बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन । 

यस्तो छ विज्ञप्ती: 

१.jpg२.jpg३.jpg४.jpg५.jpg

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार