Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा सक्रिय संक्रमित ३३०, थपिए १५ संक्रमित


  • लुम्बिनी चिन्तन
  • आषाढ ७, २०७८ सोमवार
  • 1.4K
    SHARES

रुपन्देहीमा सक्रिय संक्रमित ३३०, थपिए १५ संक्रमित

भैरहवा।  रुपन्देहीमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएकाे जानकारी अनुसार एक सय ३१ जनाकाे आरटीपीसीआर परिक्षण गर्दा ८ महिला र ७ पुरूषमा संक्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै जिल्लामा उक्त अवधिमा तीन जना कोरोना संक्रमितको ज्यान गएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
योसँगै जिल्लामा सक्रिय संक्रमित तीन सय ३० जनामा झरेको छ ।  थपिएको संक्रमितमध्ये तिलोत्तमामा ५, सिद्धार्थ नगरमा ३, बुटवलमा २, देवदहमा २, सैनामैनामा २ र सियारीमा १ जना संक्रमित थपिएका छन् । 

योसँगै जिल्लामा २७ हजार आठ सय ९५ जना पुगेका छन् । तीमध्ये २ प्रतिशतको मृत्यु भएको छ भने एक प्रतिशत अझै सक्रिय संक्रमितका रुपमा रहेका छन् । हालसम्म संक्रमितमध्ये ९७ प्रतिशत निको भएको तथ्याङ्क जिल्ला कार्यालयले जारी गरेको हो । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार