भैरहवा । सिद्धार्थनगर नगरपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख हरि प्रसाद अधिकारीले नवौं नगरसभामा आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
नगरप्रमुख अधिकारीले चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको भएपनि कोभिड महामारीले हामीले लिएको लक्ष्यहरु पूरा गर्न चुनौती रहेको बताए ।विगतको वर्षमा स्वीकृत भएका निति तथा कार्यक्रमलाई आधार मान्दै आगामी अवका निति तयार गरेको बताउदै मेयर अधिकारीले आर्थिक सामाजिक सास्कृतिक विधितालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा निरन्तर रुपमा अघिबिढ्न नगरपालिका दृढ रहेको बताए ।

पर्यटन उद्योग व्यापार र शिक्षा हराभरा बुद्धभूमि सिद्धार्थनगरको ईच्छा भन्ने दीर्घकालिन सोचलाई साकार पार्न नगरपालिकाको निति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमणबाट बच्न सोको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा जोड दिनुका साथै विपद व्यवस्थापनको लागि प्रथमिकतामा राखेको छ ।
त्यस्तै बहुवर्षीय र क्रमागत योजनाहरु, नगरका गौरवका योजनाहरु र अन्य आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने, शिक्षा, स्वास्थ्य, समावेशी विकासमा जोड दिने, कृषि पशु विकास सहकारी पर्यटन र उद्योगको विकासमा जोड दिने, वातावरण संरक्षण पर्यावरणीय प्रवद्र्धन र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

नगरप्रमुख अधिकारीले प्रस्तुत गरेको निति तथा कार्यक्रमको विषयमा नगर कार्यपालिका सदस्यहरुले सुझाव र प्रतिक्रिया दिएका थिए । सुझाव र प्रतिक्रियालाई सम्बोधन गर्दै नगरप्रमुखले असार १० गते बजेट सार्वजनिक गर्ने छन ।