कृष्ण अन्जान/ रुरु । पवित्र रुरुधाममा छाडा छाडिएका गाई गोरुको हरिविजोग देख्न नसकेर सामाजिक अभियन्ता हरुको प्रयासमा रुरु गौसेवा आश्रम निर्माण कार्य सम्पन्न भई गाईगोरु सँरक्षण गर्ने अभियान शुरु भएको छ ।
लण्डनमा बस्नु हुने यसैक्षेत्रकी चेलि राजु राणा मल्लको अगुवाईमा निर्माण गरिएको यो गौसेवा आश्रमको शुरुवातले गाई गोरुको सँरक्षण त भएको छ नै रुरुधाममा गाईगोरु र मानव विचको कटुता अन्त्य हुने विश्वास गरिएको छ ।
गाउँ घरमा थन तान्दा सम्म तानेका गाई बुढा हुँदा सम्म जोत्ने गोरु लाई रिडीबजारमा लगेर रातारात छाड्ने मानसिकताका कारण पनि रुरुधाम पछिल्लो चरणमा गाई गोरुको डम्पिङ साईडमा परिणत भएको थियो ।
उन्मत्त बन्दै स्थानिय व्यापारीले बेच्न राखेका फलफुल तरकारी र यहाँ सम्मकि पसलका खाद्दान्न खाईदिएर गाईले हैरान पारेका थिए ।
यसै गरि कुसेनी बँगाला एक्लेपिपल विष्णुपँजर रातामाटा लगाएतका ठाउँहरुमा किसानले लगाएका अन्नपात बालिनालि खाएर उत्पात मच्चाएपछि किसानहरुको झोँकमा गाई गोरु पर्ने गरेका थिए ।
ढुवानिका र सवारीका साधनहरुको ठक्कर बाट पनि रुरुधाममा कति गाई गोरुले ज्यान पनि गुमाए र कति घाईते भए ।
घाईते गाई गोरुको दुर्दशा देखेर कति पटक आफुले प्राथमिक उपचार सँगै मलम पट्टि गरेको रिडी माध्यमिक विध्यालयमा कक्षा नौमा पढ्ने सुजल रायमाझि भन्छन । रगतै पच्छे भएर आएका गाई गोरु देख्दा दया लागेर आउँछ सुजल भन्छन ।
रुरु गौ सेवा आश्रममा यतिवेला करिब सत्तरी गाईगोरु सँरक्षित छन ।अभियन्ता हरु ले अधिकाँश गाईहरु गौ सेवा आश्रममा पुर्याएको बताएपनि रुरुधाम क्षेत्रमा उत्तिकै मात्रामा छाडा गाई गोरु देखिएको रिडीबजारका अजित श्रेष्ठले बताए ।फेरी बजारक्षेत्रमा गाई गोरु आएका छन कहाँबाट आउँछन रातिराति गाउँ गाउँबाट खेदेर ल्याएको सुचना पाएका छौँ निगरानी गर्नु पर्ने देखिन्छ श्रेष्ठले बताए ।
रिडीधाममा गाईको समस्या जस्ताको तस्तै छ ऋषिकेश मन्दिर परिसरमा छाडा गाई जतिपनि छन गायत्रि धाममा बस्ने धनपति पाण्डेले भन्नु भयो ।
हामीले पनि गाई ल्याएर रिडीमा छाड्ने गरेको खवर त सुनेका छौँ नियन्त्रणका लागि निगरानी बढाइने रिडी इलाका प्रहरी कार्यालयका ईन्चार्ज समेत रहनु भएका प्रहरी निरिक्षक शुभ राज बमले भन्नु भयो ।
छाडा गाई गोरुको समस्या समाधान का लागि गौसेवा आश्रमको कार्य सह्राहनिय छ तर समुदाय जिम्मेवार बन्नु पर्छ ।गौसेवा आश्रम मा निश्चित सँख्यामा गाई सँरक्षणको व्यवस्था छ तर जस्ले जहाँबाट पनि रातिमा गाई गोरु खेदेर रुरुधाममा ल्याउँदा समस्या झन थपिने हुँदा समुदाय रुरुधाम बासि स्थानीय तह र प्रहरीको समन्वयमा रातिमा गाई गोरु खेदेर ल्याउने हरुलाई निगरानी गर्दै कारवाहिको दायरामा ल्याउनु पर्ने हुन्छ ।