Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा २२ संक्रमित थपिए, ३ सय ७ जना सक्रिय संक्रमित


  • लुम्बिनी चिन्तन
  • आषाढ ८, २०७८ मंगलवार
  • 1.2K
    SHARES

रुपन्देहीमा २२ संक्रमित थपिए, ३ सय ७ जना सक्रिय संक्रमित

भैरहवा। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएकाे जानकारी अनुसार एक सय ७६ जनाको आरटी पीसीआर परिक्षण गर्दा ११ महिला र ११ पुरूषमा संक्रमण पुष्टी भएकाे हाे । 

संक्रमितकाे संख्यामा कमि देखिए पनि सक्रमणकाे अवस्था भने खासै सुधार भएकाे छैन, अझै पनि साढे १२ प्रतिशतमा संक्रमण देखिएकाे छ । थपिएका संक्रमितसँगै जिल्लामा ३ सय ७ जना सक्रिय संक्रमित छन । जसमध्ये ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन भने २३२ जना हाेम अाइशाेलेशनमा रहेका छन । 

अाज भने संक्रमण भइ मृत्यु हुनेकाे संख्या शुन्य छ । हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २७ हजार ९ सय १७ पुगेको छ । यीमध्ये ९७ प्रतिशतको निको भएको छ भने २ प्रतिशतको मृत्यु भएको छ । बाँकी १ प्रतिशत भने सक्रिय संक्रमित हुन् । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार