Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

हत्याको आरोपमा ३ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ ९, २०७८ बुधवार
  • 2.4K
    SHARES

हत्याको आरोपमा ३ जना पक्राउ

कपिलवस्तु ।  युवकको हत्या गरेको आरोपमा कपिलवस्तु नगरपालिका– ८ बैलौहवाका ३ जना पक्राउ परेका छन ।

गत असोज ७ गते पुर्व डिह बलौहवा स्थित पोखरीमा स्थानीय १८ बर्षिय बिजय बहादुर कुर्मीको हत्या गरी पोखरीमा फालिएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनामा सलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान अनिल र रमेश कहार रहेका छन । घटनाको अनुसन्धान गर्दै जाँदा मृतक बिजय बहादुर कुर्मीको स्वभाविक मृत्यु नभएको साथै मृतकको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको खुल्न आएको अधिकारीले बताए । सोही बिषयलाई लिएर अनिल काहार समेतले करिव एक महिना पहिले मृतक कुर्मीलाई कुटपिट गरको थिए ।

एक दिन अघि बिवाहको भोजमा गई फर्केका अनिलले असोज ४ गते युवकलाई आफनो घरमा भेटाए पछि आक्रोसित बनेका थिए । त्यही निहुमा अनिल उनकी श्रीमिति  बासमती र रमेशले मिलेर बुजेशको हत्या गरी शवलाई गाउ नजिकै रहेको पोखरीमो झाडीमा फालेका थिए ।

मृतक बिजय बहादुर कुर्मीलाई आफ्नै कोठाभित्र ३ जना मिलेर मृतकले घाँटीमा लगाएको माला कसेर कुटपिट गरेर मारेको प्रहरी उपरिक्षक अधिकारीले बताए । लाश दवाउनका लागी पोखरीमा लेर फालिएको थियो । घटनाको अनुसंधान र पक्राउ परेका ३ जनासंग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ ।  


लुम्बिनी चिन्तन

थप समाचार