Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गुल्मीमा दुर्घटना, ३ काे मृत्युु ६ घाइते


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ५, २०७७ बुधवार
  • 888
    SHARES

गुल्मीमा दुर्घटना, ३ काे मृत्युु ६ घाइते

गुल्मी । गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्युु  भएकाे छ । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हाे, जीपमा सवार अन्य ६ जना घाइते भएका छन । प्रहरीका अनुसार दुर्घटनामा रेसुंगा नगरपालिका १४ का ४८ बर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको छ ।  त्यस्तै पराल्मीकै ४७ बर्षीय गोमा नेपाली र २८ बर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।त्यस्तै रेसुंगा नगरपालिका १४ का जिप चालक २२ बर्षीय भरत पोख्रेल, २७ बर्षीय बिर बहादुर सुर्यवंसी, ३७ बर्षीय गोमा सामत, ६५ बर्षीय देव बहादुर नेपाली, २७ बर्षीय प्रकाश नेपाली र  साढे ४ बर्षीय खुसी नेपाली घाइते भएकी छन् । जिप सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटना घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए ।चालक भरत पोख्रेल र विर बहादुर सुर्यवंशीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार