भैरहवा । ओमसतिया गाँउपालिकाका सबै वडा अध्यक्षहरुले गाँउ सभा बहिष्कार गर्ने बताएका छन ।
विगतको आय व्यायको विवरण प्राप्त नभएको सहित ७ बुद्धे असहमति सार्वजनिक गर्दै वडा अध्यक्ष सहित २५ गाँउ सभा सदस्यले असहमति जनाउदै गाँउसभा बहिष्कार गर्ने घाेषणा गरेका हुन ।
असार १ गते देखि ९ गते सम्म ८ पटक बैठक बस्दा समेत निति तथा कार्यक्रम लगायत आर्थिक वर्ष २०७८–७९को बजेट तर्जुमामा गाँउपालिका अध्यक्षले एकलौटी तानाशाही कार्यशैलीमा मनोमानी ढंगले लगेको भन्दै हामीले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको ओमसतिया वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए ।
कार्यपालिकालाई बोलाएर छलफल भएपछि मात्र गाँउसभाको निर्णय र बोलाउनु पर्ने भएपनि कार्यपालिकाको निर्णय विना एकलौटी रुपमा गाँउसभा आव्हान गरेकोमा वडा अध्यक्षहरुले गाँउसभा बहिष्कार गरेका हुन । हामी ६ वटै वडाका अध्यक्ष सहित २५ जना गाँउसभा सदस्य छौ । हाम्रो सहकार्य विना नै जनतामुखी हुनु पर्ने निति कार्यक्रम तथा बजेट निर्वाचनमुखी भएकोले बहिष्कार गर्नु परेको पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले बताए ।
वडासँग सहकार्य नगरेर गाँउपालिकाले ७–८ वटा योजना चालु आवमा नै एकलौटी रुपमा गरेको उनीहरुको आरोप छ । त्यस्तै गाँउपालिका मध्येकै नमूना काम मध्येको बालिका विमा काम एक वर्ष मात्र गरेर गाएपालिका अध्यक्षले कमिशनको चक्करमा रोकेको उनीहरुले आरोप लागए ।
गाँउपािलकाले चालु आर्थिक वर्षमा ९० प्रतिशत बढि काम सम्पन्न भएको भनेपनि ४० प्रतिशत भन्दा बढि काम सम्पन्न भएको छैन, कागजमा मात्रै काम सम्पन्न भएकोले सुधार गरेर अगाडी बढ्न उनीहरुले आग्रह गरेका छन ।
अध्यक्षले बोलाएको बेला बखत आफुहरु पुगे पनि हामीलाई नेपाल सरकारले प्रदान गरेको कानुनी अधिकार समेत हनन गरि प्रशासकिय अधिकृतको मिलेमतोमा योजना भुक्तानी, लगायत वडाको सिफारिस बिना २ वर्ष देखि भुक्तानी गरेको प्रति गम्भीर आपत्ति रहेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता गाँउपालिका अध्यक्ष हिरा केवट राहुलले आफु पटक पटक छलफलका लागि बोलाएपनि उहाहरु आउने तर माइनुट नगरी जाने गरेको बताए । ‘उहाहरु आउनुहुन्छ, २ करोड प्रत्येक वडालाई बजेट दिनु प¥यो भनेर अडान लिनु हुन्छ, २७ गतेबाट निरन्तर यही कुरामा छलफल भइरहेको छ, उहाहरुको लडाई नै वडामा २ करोड बजेट पार्ने हो, अध्यक्ष राहुलले भने ।
गाँउपालिकाको अहिले जनप्रतिनिधिको समन्वयमा बाढ्नु पर्ने बजेट नै ७ करोड छ, ६ वटा वडालाई एक–एक करोड र बाकी एक करोड गाउपालिका अध्यक्ष र उपाध्यक्षको समन्वयमा जाने गरी हामी तयार छौ तर अहिले सम्म सहमतिमा आउनु भएको छैन । अध्यक्ष राहुलले भने ।
यसरी जनप्रतिनिधीहरुको आपसी विवाद र राजनितीले जनता मारमा पर्ने देखिन्छ, आज स्थानीय तहको बजेट पास गर्ने अन्तिम दिन सम्म बजेट पास हुने छाटकाट छैन ।
गाउपालिकाका प्रशासकिय अधिकृत दुगौ पौडेलले गाँउसभाका लागि सबैलाई सन्देश पु¥याएको र आज १ बजे गाउसभा बैठक बस्ने तयारी रहेको बताए ।