Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

ओझेलमा पुस्तकालय पुन: संरचनाको प्रयास 


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७८ बिहिवार
  • 1.6K
    SHARES

ओझेलमा पुस्तकालय  पुन: संरचनाको प्रयास 

कृष्ण अन्जान / रुरु । राणा शासनको दवदवामा पनि त्यतिबेला का उत्साहि युवा हरुको प्रयासमा रिडी बजारमा स्थापना गरिएको सार्वजनिक पुस्तकालय निष्कृय अवस्थामा छ ।

चेतना र पठन सँस्कृतिको विकासका लागि बिक्रम सम्बत २००४ सालमा त्यतिबेलाका युवाहरु प्रयाग कुमार  कसजु र प्रयागलाल श्रेष्ठको को पहलमा स्थापना गरिएको यो पुस्तकालयले ७६ वर्ष पूरा गरेको छ ।

रिडी बजारको बिच्चैमा रहेको पुरानो भवनमा रहेको यो पुस्तकालयको ढोका नखुलेको त धेरै भयो तर पनि व्यवस्थापन गर्ने काम चलिरहेको पुस्तकालय व्यवस्थापन समिति का जीवन कुमार कसजुले बताउनु भयो ।

२००४ साल देखि हाल सम्म आउँदा रिडी बजारका धेरै अग्रज हरुले यो पुस्तकालय सँरक्षण गरेर यसको अस्तित्व रक्षा गर्नु भएको छ ।
तानसेनको धवल पुस्तकालय सँग सँगसँगै जस्तो स्थापना भएको पुस्तकालय लाई स्थापना गर्ने प्रयाग कुमार कसजु र प्रयाग लाल श्रेष्ठको योगदान त छँदैछ त्यसपछि का दिनहरुमा विनय कुमार कसजु ,बटुकलाल कक्षपति  ,डाक्टर राज कुमार श्रेष्ठ,पुर्ण मान प्रधान ,अमरमान प्रधान,अशोकवश्रेष्ठ ,आरोग्य मान बजिमय,रविन्द्र मान बजिमय ,धर्म चन्द ,वीर बहादुर शुशिल , जीवन कुमार कसजु , सुवर्ण लाल कक्षपती ले पुस्तकालयको अस्तित्व जोगाइ राख्न ठुलै सँघर्ष गर्नु भएको छ ।

लामो समय पुस्तकालयको ढोका खोलिएन , त्यहाँ भित्र रहेका पुस्तक हरुको अवस्था पनि जिर्ण भइ सकेपछि पछिल्लो चरणमा पुस्तकालयलाई व्यवस्थित मात्र होइन अत्याधुनिक प्रविधिको इ लाइव्रेरीको अवधारणाका साथ काम अगाडी बढेको पुस्तकालय सन्चालक समितिको भनाइ छ ।

पछिल्लो पाँच सात वर्ष पुस्तकालय ओझेलमा परेको हो तर यसलाई रक्षा गर्नु पर्छ र अत्याधुनिक प्रविधिमा लानु पर्छ भन्ने मान्यताका साथ रिडी बजारको सुगन्ध विहारमा सार्वजनिक पुस्तकालय लाई इ लाइव्रेरी बनाउने अभियानमा लागेको र छिटै सन्चालनमा आउने व्यवस्थापन समितीका जीवन कुमार कसजुले बताउनु भयो ।

सरकारले दिएको करिव सात लाखको बजेटले पुस्तकालय लाई केही व्यवस्थित गरिए पनि त्यति प्रयाप्त देखिँदैन ।
रुरुक्षेत्रको रिडी धामको पछिल्लो विकासको क्रमले आन्तरिक र वाह्य धार्मिक पर्यटक हरुको गन्तव्य बन्ने र उनी हरुका लागि रिडीमा रहेको पुस्तकालय मा धार्मिक तथा अन्य पुस्तक हरु पढ्न  मिल्ने व्यवस्था गर्न  पुस्तकालयको पुनर्संरचना सँगै आधुनिकीकरण प्रचार प्रसार तत्काल गर्नु पर्ने देखिन्छ  ।


  • सम्बन्धित विषय:

  • # गुल्मी

  • लुम्बिनी चिन्तन

    थप समाचार