Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेसीआइ सिद्धार्थ लेडी नेपाल  र लायन्स क्लब अफ  सिदार्थनगर नोबेल लेडिजद्वारा रक्तदान


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७८ बिहिवार
  • 772
    SHARES

जेसीआइ सिद्धार्थ लेडी नेपाल  र लायन्स क्लब अफ  सिदार्थनगर नोबेल लेडिजद्वारा रक्तदान

भैरहवा ।  जेसीआइ सिद्धार्थ लेडी नेपाल  र लायन्स क्लब अफ  सिदार्थनगर  नोबेल लेडिजको संयुक्त आयोजनामा रक्तदान भएको छ । 
अहिलेको माहामरीमा रगतको कमीले कसैको पनि ज्यान न जयोस भन्ने उद्देश्यका साथ द्वय संस्थाले भैरहवा स्थित भिम अस्पताल परिसरमा रक्तदान गरेका हुन । 

उद्योग बन तथा बाताबरण मन्त्री मानवीय कल्पना पाण्डेको प्रमुख अतिथ्यता,   भिम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी तथा लायन्स ३२५बी २ का द्वितिय जिल्ला गभर्नर नबराज न्यौपानेको विशिष्ट आतिथ्यता, द्वय संस्थाका अध्यक्ष रीमा नयौपाने र अन्जु जैसीको अध्यक्षतामा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । 

कार्यक्रम संयोजक प्रकृति उप्रेती र बिस्नु गुरुङको संयोजकत्वमा भएको रक्तदान कार्यक्रमको संचालन जेसिआई सिद्धाथ लेडीका २०२१ का कोषाध्यक्ष तथा लायन्स क्लबका सचिव लक्षमी अधिकारीले गरेकी थिइन । 

कार्यक्रममा बोल्दै अतिथीहरुले रक्तदान जस्तो महत्वपूर्ण तथा सराहनिय काम गरेको भन्दै रक्तदान सम्बन्धि चेतना सबै तिर फैलाउन आग्रह गरे । शहर बजारमा मात्र केन्द्रित भएको रक्तदानलाई गाउ तथा विकट ठाँउमा पनि लैजानु पर्ने, शैययामा छटपटाइरहेका व्यक्तिलाई रगतदान गरेर जिवन नै दान भएकाले सबै भन्दा ठूलो दान भएको बताए । 

संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आए पनि अहिले आवश्यकतालाई मध्यनजर गरेर रक्तदान कार्यक्रम गरेको छ । रक्तदानको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले गरेको हो । 

 


लुम्बिनी चिन्तन

थप समाचार