Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा बिहीबार ६ प्रतिशतमा संक्रमण पुष्टि, जिल्लाभर २२९ सक्रिय संक्रमित


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७८ बिहिवार
  • 778
    SHARES

रुपन्देहीमा बिहीबार ६ प्रतिशतमा संक्रमण पुष्टि, जिल्लाभर २२९ सक्रिय संक्रमित

भैरहवा । रुपन्देहीमा बुधबार ४४ जना संक्रमण मुक्त र ५ जना नयाँ संक्रमित थपिएका छन । जिल्ला भरीका ८१ जनाको आररटीपसिीआरबाट परिक्षण गर्दा ६ दशमलव १६ प्रतिशत अर्थात ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाका ४ वटा पालिकाका २ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार सैनामैनामा २जना महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सियारीमा १–१ जना जना नयाँ संक्रमित थपिएका हुन् । 

कार्यालयका अनुसार हाल सम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८२ पुगेको छ । २७ हजार ९ सय ४१ जना संक्रमित जिल्लाभरि देखिएकोमा २७ हजार २ सय ३० जना निको भइसकेका छन ।

यस्तै सक्रिय संक्रमित २ सय २९ जना मध्ये ६२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी १ सय ६७ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९७ प्रतिशत निको भएका, १ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ।

कार्यालयका मृतकमध्ये महामारीको पहिलो लहरमा एक सय ५७ जना र दोस्रो लहरमा तीन सय २५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो हप्तादेखि जिल्लामा दैनिक ५० जनाभन्दा कम संक्रमित पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्थानीय प्रशासनले १६ गतेदेखि नै जिल्लाभर महामारी नियन्त्रण र रोकथाम गर्न निशेधाज्ञा जारी गरेसँगै संक्रमण दर पछिल्लो समयमा घटेको हो । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार