Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भेटेनरी अस्पताल सार्न नदिनेमा सबैको ऐकबद्धता


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ६, २०७७ बिहिवार
  • 1.6K
    SHARES

भेटेनरी अस्पताल सार्न नदिनेमा सबैको ऐकबद्धता

भैरहवा । रुपन्देहीको कृषि क्याम्पसबाट भेटेनरी अस्पताल (पशु शिक्षण अस्पताल)अन्यत्र सार्न लागेको विरोधमा राजनीतिदल, जनप्रतिनिधी ,संघ संस्था, समाजसेवी र स्थानियले ऐकबद्धता जनाएका छन ।
बुधबार दुर्गा मन्दिर परिसमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले पहिला क्यापस परिसर भित्रै बनाउनु केन्द्रिय अस्पताल नबनाई विभिन्न बहानामा षडयन्त्र गरी स्थानान्तरण गर्न खोजे एकजुट भएर आन्दोलनमा उत्रने चेतावनी दिए । 
आफ्नो पुर्खौली जग्गा दिएर संघर्स ल्याएको क्यामपसको विषयमा कुनै पनि कसर बाकी नराखी, जुनसुकै बहाना बनाए पनि अन्यत्र लाने विषयमा सबै उत्रने बताए । 
भैरहवावासीले विगतमा पनि यस क्षेत्रको कुनै पनि कार्यालय, कार्यक्रममा हरु बाहिर लैजाने विषयमा विरोध गरेकाले यो गम्भिर विषयमा पनि एक भएर आवाज उठाउने प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेले बताए । 
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले यो गम्भिर विषयको समस्या समाधानको यथाशिघ्र वार्ता टोली गठन गरी छलफल गर्ने, समस्या हल नभए कोही चुप लागेर नबस्ने बताए सबैको साथले कुनै पनि हालतमा जान नदिने प्रतिबद्धता जनाए ।
अन्तरक्रिया कार्यक्रममा राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी, खुशीमान गुरुङ, भैरहवा मर्निङ वाक गु्रपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठ, मिलन बस्नेत, समाजसेवी रबिन्द्र राना, सुरेन्द्र क्षेत्री जगजीवन पाठक, याम बहादुर थापा लगायतले एक आवाजमा कार्यालय सार्ने कदमविरुद्ध विगत भन्दा कडा रुपमा एकताबद्ध भएर लड्नुपर्ने बताए । राजनिती स्वार्थ भन्दा पनि माथि उठेर हामी हाम्रो गहनाहरुमा गिद्दे दृष्टि लगाउनेलाई खबरदारी गर्ने बताए । अस्पताल सार्ने चलखेल विरुद्ध आइतबार स्थानीयले नाराबाजी गर्दै क्याम्पस प्रमुखको कक्षमा ताला लगाएका थिए । ५ वर्ष अघि अस्पतालको डिपीआर र नक्सा समेत तयार भई नेपाल सरकारबाट ३ करोड बजेट विनियोजन भइसक्दा पनि क्याम्पस प्रशासनले कुनै चासो नदेखाई बजेट फ्रिज गरेर फिर्ता पठाएको छ । ७ वर्ष अघि भेटेनरीको कार्यक्रम सुरु भयो, बि एस्सी भेटेनरीको प्रमुख मेरुदण्डको रुपमा रहेको प्रयोगात्मक सिकाई केन्द्र नेपालकै दोस्रो भेटेनरी अस्पतालको रुपमा सुरुवात गर्ने भने पनि ७ सातौ व्याच आइसक्दा र तीन वटा व्याच उर्तीण भएर गइसक्दा पनि पूर्वाधारको तयारी गर्नुको साटो प्रशासन आखा चिम्लेर बसी अन्यत्र सार्न चलखेल गरेको स्थानीयको आरोप छ ।
४० वर्ष अगाडि ५२ विगाहामा फैलिएको परिसर अधिग्रहण गरी कक्षाहरु सञ्चालन हुदा समेत युनिट, एक्सटेन्सन कम्यसनटी आउटरिच प्रोगाम लगायतको बहानामा अन्यत्र निर्माण गर्ने चलखेल भएको प्रमाणहरु भेटिएको स्थानीयले बताएका छन ।
ा क्याम्पस प्रमुख डा.राम भजन मण्डलले पक्लिहवा कृषि क्याम्पसको कुनै पनि कार्यक्रम बाहिर गएको जानकारी क्याम्पस प्रशासनलाई अवगत छैन । क्याम्पस प्रशासनले कुनै कदम चालेको छैन, २ महिना मात्र भयो म आएको, कार्यक्रमबारे बुझी रहेको छु , यो क्याम्पसबाट बाहिर जानु हुदैन भन्ने पक्षमा म पनि छु ।


लुम्बिनी चिन्तन

थप समाचार