Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर नगरपालिकाको आर्थिक वर्ष २०७८।७९ को बजेट तथा कार्यक्रमकाे पूर्णपाठ


  • लुम्बिनी चिन्तन
  • आषाढ ११, २०७८ शुक्रवार
  • 1.4K
    SHARES

सिद्धार्थनगर नगरपालिकाको आर्थिक वर्ष २०७८।७९ को बजेट तथा कार्यक्रमकाे पूर्णपाठ

सिद्धार्थनगर नगरपालिकाको नवौं नगरसभामा नगर उपप्रमुखश्री उमा काफ्लेबाट प्रस्तुत आर्थिक वर्ष २०७८।७९ को बजेट तथा कार्यक्रम

सभाध्यक्षमहोदय,

 नेपालको संविधान बमोजिम हामीलाई प्राप्तजिम्मेवारी अनुसार उपलब्ध श्रोत र साधनको उच्चतम्उपयोग गरी नगरपालिकाको विकासलाई दीगो बनाउनआर्थिक बर्ष २०७८।७९ को वार्षिक नीति तथा कार्यक्रम मिति २०७८ सालअसार ७गते यस सम्मानीत सभामा पेश गरिएको छ । वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत प्राथमिकताहरु र नीतिहरुपूरा गर्नेअभिलाषाका साथ यस नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेकी छु।
 सर्वप्रथमम लोकतन्त्रको बहाली, नागरिक अधिकारको स्थापना, स्वतन्त्रताको उपभोग र समाजको आमूल परिवर्तनका लागिआफ्नो जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात शहिदहरूप्रतिउच्चश्रद्धाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य स्व. सुबोध तुलाचन र वडा नं. ४ का वडा सदस्य स्व. दिलबहादुर गुरुङ्ग,वार्ड नंं. ९ कीमहिला स्वास्थ्य स्वयम् सेविकास्व. ममताआलेकोअल्पायुमाभएको देहावसानप्रतिगहिरो दुःख प्रकट गर्दै दिवंगतहरुप्रतिहार्दिक श्रद्धान्जली अर्पण गर्दछु । 
 विगत १८ महिनादेखि हामी कोरोना भाइरस (कोभिड १९) को महामारीबाटअत्यन्तै विषम परिस्थितिमा छौँ ।  यस महामारीका कारण ज्यानगुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचारार्थ सम्पूर्णप्रतिशीघ्र पूर्ण स्वास्थ्यलाभको कामनागर्दछु ।उपचार, रोकथाम, नियन्त्रण र व्यवस्थापनमाअग्रपंक्तिमा रहेर खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवककर्मचारीहरु, जनप्रतिनिधीहरु, राजनीतिक दल, नागरिक समाज, संघ संस्थाहरु, समाजसेवीलगायतसम्पूर्ण नगरवासीहरुमाउच्च सम्मान प्रकट गर्दछु । 
 नगरको दैनिक सेवाप्रवाह र विकासकाविभिन्न क्षेत्रमालगानीगर्दैनगरका सम्भावनाहरूकोउपयोग गरी “पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा”नगरपालिकाको दीर्घकालीन सोंचलाई आत्मसात्गर्नेतर्फ केन्द्रितभई योवार्षिक बजेट निर्माण गरेकी छु । बजेटमा विपद् व्यवस्थापन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि,पशु, रोजगार, सहकारी, उद्योग, पर्यटन, वातावरण संरक्षण तथापर्यावरणीय विकास, सुशासनतथा संस्थागतविकासमाप्राथमिकतादिइएको छ ।
 आ.ब.२०७८÷७९ को बजेट तर्जुमा गर्दा नेपालको संविधान, नगरसभामा पेश भएकानीतितथाकार्यक्रम, संघीय र प्रदेश सरकारका नीतितथाकार्यक्रम, संघीय र प्रदेश सरकारका चालु आवधिकयोजना, दीगो विकासकालक्ष्यहरू, नगरपालिकाका स्वमूल्यांकन सूचकहरु, नगरपालिकाले विगतमालिएकानीतितथाकार्यव्रmम र निर्माण गरिएका ऐन, कानूनहरू,राजनैतिक दलहरूबाट प्राप्तभएकासुझाव, नागरिक समाज, निजी क्षेत्र, स्थानीय सामुदायिक संघ संस्था, वुद्धिजीवी, संचारकर्मी लगायतका क्षेत्रहरूबाट प्राप्त राय, परामर्श,रचनात्मक सुझावहरूलाई आधार मानेर समावेशीविकासकाअवधारणाबमोजिमवजेट तर्जुमा गरेकी छु ।
 यस बजेटमा नगरको पूर्वाधार विकास, सामाजिकविकास,वातावरण तथाविपद् व्यवस्थापन, आर्थिक विकास र सुशासनतथा संस्थागतविकास जस्ता क्षेत्रगतआधारमाकार्यक्रम तय गरी बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्षमहोदय,
सर्वप्रथम मविगतआर्थिक वर्षको आयव्ययको यथार्थ विवरण प्रस्तुत गर्ने अनुमतिचाहन्छु।
 आ.ब. २०७६÷७७ को कूलआम्दानीरू. १ अर्बज्ञ८ करोड ५७लाख४८हजार५ सय ९३रूपैया पैसा ७५भएको थियो । जसमध्ये कूलखर्च १ अर्ब १ करोड ७०लाख९७हजार १सय७८रूपैया पैसा ७१भएको थियो ।
 चालु आ.ब. २०७७÷७८ मा रू. ९५ करोड ९लाख६६हजार अनुमान गरिएको थियो ।बिभिन्नशसर्त अनुदानहरु थपहुँदै जाँदा सो अनुमानरु. १ अर्ब ११ करोड १७लाख७७हजार ६५६ संसोधितआयहुने अनुमान गरिएको छ । सो मध्ये चालु आ.ब. २०७७।०७८ को ज्येष्ठ मसान्तसम्मजम्मा रु.८१ करोड १६लाख८३ हजार १सय ९७ रुपियाआम्दानीभएको छ भने खर्चरू. ५१ करोड ५५लाख३०हजार ८४४रूपैया ६१ पैसा खर्च भएको छ ।

सभाध्यक्षमहोदय,

आगामीआ.ब. २०७८÷७९  को प्रस्तावितआयव्ययविवरण निम्नअनुसार रहेको छ ।
 यस नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ मा संघ र प्रदेश सरकारबाट प्राप्तवित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान,दातृ निकायबाट प्राप्त रकम,राजस्व बाँडफाँडबाट प्राप्तहुने रकम, आन्तरिक आयबाट रू. १ अर्ब १८ करोड ७९लाखहुने अनुमान गरेकी छु । आ.ब. २०७८।७९मा सञ्चालन गरिने विभिन्नकार्यक्रम र बजेट विवरण यसै बजेटमा समावेश गरेको छु ।  
 यस बजेट तथाकार्यक्रमकामुख्य उद्देश्यहरुमाविपद् व्यवस्थापनलाई उच्चप्राथमिकतामा राखीनगरको दैनिक सेवाप्रवाहलाई नागरिकमैत्रीबनाउने, वातावरण संरक्षण र पूर्वाधार दीगोपनाहुने गरी निर्माण गर्ने, आर्थिक विकास, सन्तुलित र समावेशीविकासमा टेवा पुर्याउने रहेका छन् । 


सभाध्यक्षमहोदय,

 अब मसिद्धार्थनगरनगरपालिकाको आ.व २०७८÷७९ को वार्षिक बजेट तथाकार्यक्रमको प्राथमिकताप्रस्तुत गर्ने अनुमति चाहन्छु । प्राथमिकताहरूदेहायबमोजिम रहेकाछन् ।

(क)कोभिड १९ लगायतकाविपद्को रोकथाम, उपचार र नियन्त्रणमा जोड दिने । 
(ख) क्रमागतमा रहेका योजनाहरुलाई सम्पन्न गर्ने र दिगो एवंवातावरणमैत्रीहुने गरी आधारभूतशहरीपूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गर्ने । .
(ग) आधारभूत स्वास्थ्य सुविधा, शैक्षिकविकास र समावेशीविकासमा टेवा पुर्याउने कार्यक्रम संचालन गर्ने ।  
(घ) कृषी, पर्यटन, सहकारी जस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिइरोजगारी सिर्जना र आयआर्जन वृद्धिमा योगदान पु–याउनेकार्यक्रम सञ्चालन गर्ने ।
(ङ)नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथापर्यावरणीय प्रवद्र्धन कार्यमा जोड दिने ।   
(च) संस्थागतविकास र सुशासन प्रवद्र्धनमा जोड दिइनागरिमैत्री सेवाप्रवाह गर्ने ।

 वार्षिक नीतितथाकार्यक्रममा समावेश भएकाप्राथमिकताकाकार्यक्रमहरूकार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरू, निजी क्षेत्रसँगसहकार्य र समन्वय गरिनेछ । उपलब्धश्रोत, साधन,सीप,पूँजी र क्षमताको उपयोग गर्न विषयगतनिकायहरूसँग साझेदारी गरिनेछ ।

अब म चालु आर्थिक वर्षको समस्टिगत प्रगतिविवरण प्रस्तुत गर्न चाहन्छु ।

 शहरी पुर्वाधार निर्माणतर्फ पक्कीनाला३ कि.मी., ग्रेभल५ कि.मी., सडक आर.सी.सी. २ कि.मी., सडक पिच४ कि.मी., विद्यालय÷वडा भवन÷स्वास्थ्यभवन÷शौचालयभवन संख्या १५, कल्भर्ट मर्मत २, सिँचाई बोरिङ्ग १९थान, पार्क २, हाटबजार पूर्वाधार निर्माण २ वटा, खेलमैदान १, पर्यटकिय गेट १, बिपन्नका सुरक्षितआवास निर्माण ६७ वटा योजनाहरू सञ्चालनगर्ने लक्ष्य रहेकोमा कोरोना भाइरसको कारण तोकिएको लक्ष्य पूरा गर्न चुनौति देखिएको छ । उक्तकार्यहरूआर्थिक वर्षको अन्तसम्मकरिब ८०प्रतिशत सम्पन्न गर्न सकिने आंकलन गरिएको छ । 
 कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागिछुट्टै कोष स्थापना गरी सो कोषमाहालसम्मविभिन्नश्रोतबाट रू.१ करोड २७हजार ७ सय ८७रूपैया जम्माभएको छ ।चालु आर्थिक बर्षको हकमासो कोषमागतबर्षको मौज्जातजिम्मेबारी सरेको रकम रु ३६ लाख ३८ हजार ६१२, नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रू. २५लाख, नेपाल सरकारबाट रू.३८लाख७९ हजार ८२५ र बाँकी रकमविभिन्न संघ संस्था, व्यक्तिबाट प्राप्तभएको छ । चालु आ.ब. मा सो कोषबाट आईसोलेशनव्यवस्थापन, र अन्यउपचार तथा नियन्त्रणका लागिरू. ४३लाख१०हजार ८५७ रुपियारकम कोरोना पोजेटिभको उपचार, औषधी, आईसोलेशनव्यवस्थापनलगायतकाकार्यमा खर्च भएको छ । सो कोषमाहाल रू ५७लाख १६ हजार ९३० रुपैया खातामामौज्दातरहेको छ । विपद् व्यवस्थापनको लागि सहयोग गर्नुहुने सबै राजनीतिकदलहरु, सामाजिक संघ संस्थाहरु,कोभिडको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु तथाअन्यकर्मचारीहरु र सबै नगरवासीहरुको उच्चमुल्यांकनगर्दै धन्यवाद ज्ञापन गर्दछु ।  
 कोभिडका कारण दैनिक सेवाप्रवाह, कृषि, पशु विकास, शिक्षातथा खेलकुद, सामाजिकविकास तथालक्षितवर्गका कार्यक्रमहरु, स्वास्थ्यतर्पmकानियमितकार्यव्रmमहरू सञ्चालनमाअसहजतासिर्जना भइरहेकै कुरा सम्मानीत सभामाजानकारी गराउँदछु । 

सभाध्यक्षमहोदय,

अब म आगामीआर्थिक वर्ष २०७८÷७९ को क्षेत्रगतविनियोजन बजेट अन्तर्गत पूर्वाधारतर्फविनियोजितबजेट प्रस्तुत गर्न चाहन्छु ।

 हालनिर्माणाधिन दरखसवा खेल मैदान, विपन्नहरुका सुरक्षितआवास निर्माण, दरखसवापार्क, वार्ड नं. ६ को वडा कार्यालय भवनतथा स्वास्थ्य सेवाप्रवाहभवन, खजहनाआधारभूतविद्यालय, महात्मा बुद्ध मा.वि. र नवदुर्गा मा.वि. को भवननिर्माण कार्य, वडा नं. १ मा स्वास्थ्य सेवाप्रवाहको लागितल्लाथपको कार्य,बिभिन्नशहरी सडक मर्मतकालगायतकाकामहरु कोभिडका कारण यसै आ.ब. भित्रै सम्पन्नहुननसक्ने देखिएकोले ती योजनाहरुलाई क्रमागतमा राखीटेण्डर बमोजिमकोकाम सम्पन्न गर्नका लागि रु ६ करोड रकमविनियोजन गरेकी छु । वडा नं. १ डण्डा नदीकिनारमा निर्माणाधीन पर्यटकीय गेट निर्माणको कार्य अन्तिम चरणमा रहेको छ । सो योजना सम्पन्न गर्नका लागियसै क्रमागत योजनामा बजेट समावेश रहेको छ ।
 नगरको एकीकृत शहरी विकास योजनाकाआधारमा पूर्वाधार तर्फका कार्यक्रमहरु संचालनहुनेछन् । नगरको दीर्घकालीनमहत्व राख्ने डण्डा कोरिडोरको समग्र विकास गर्न प्रदेश सरकार, संघीय सरकार तथादातृ निकायहरूसँग सहकार्य गर्ने व्यवस्थामिलाइने छ । यस आयोजनाकालागि रू ५० लाखविनियोजन गरिएको छ । 
 नगरपालिकाको वडा नं. ३ मा रहेको दरखस्वापार्कनिर्माणका लागिप्रदेश सरकार समपूरक अनुदानबाट रू. १ करोड र नगरपालिकाको सहभागितारू. १ करोड गरी कुलजम्मारू. २ करोड विनियोजन गरेकीछु ।यसबाट पार्कको करिब मुख्य संरचनानिर्माण भइ पूर्णरुपमा संचालनमाआउने लक्ष्य रहको छ । 
 नगर क्षेत्रभित्र रहेका विपन्नहरूको सुरक्षितआवास निर्माण कार्यव्रmम(मेयर आवास)मार्फत आगामीआर्थिक बर्षमाबाँकी रहेका करिब २५ वटा आवास निर्माण सम्पन्न गरीनगरलाई सुरक्षितआवासयुक्तनगरपालिकाघोषणा गर्ने लक्ष्य रहेको छ । सोको लागिरू. ६० लाखविनियोजन गरेकी छु ।साथै प्रदेश सरकारबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्र्तगतविशेष अनुदानबाट प्राप्त रू ७० लाखमध्येउक्तकार्यक्रम संचालनकार्यविधिबमोजिमपँुजीगततर्फ विनियोजन हुने रकमलाई समेतयसै कार्यक्रममाथप गरी आवास निर्माणगरिनेछ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट चालु तर्फ वियोयोजित गरिने रकमलाईकार्यविधिबमोजिम रोजगारी सृजना गरिने खालकाकार्यक्रममाखर्च गर्ने व्यवस्थामिलाइएको छ । 
 नगरपालिकाभित्र जिर्ण भएका सडकहरुको मर्मत सम्भारका लागिसडक बोर्ड नेपालबाट रू. ८०लाख र नगरपालिका सहभागितारू. ४०लाखहुने गरी रू. १ करोड २०लाखर यसै कार्यक्रमअन्तरगत सडक बेसकोर्स निर्माणका लागि २५ लाखविनियोजन गरेकी छु ।
 वडास्तरीय योजनाको लागिचालु आ.ब. मा उपलब्ध गराइएको रकम सरह नै रू ८ करोड २० लाखविनियोजन गरेकी छु ।जसमध्ये वडा नं. १ का लागि रू. ६९ लाख २७हजार, वडा नं. २ का लागि रू. ५९ लाख ९५ हजार, वडा नं. ३ का लागि रू. ६९ लाख ८९ हजार, वडा नं. ४ का लागि रू. ६५ लाख७९ हजार, वडा नं. ५ का लागि रू. ४५ लाख २८ हजार, वडा नं. ६ का लागि रू. ७३ लाख ८६ हजार, वडा नंं ७ का लागि रू. ५५ लाख ३६ हजार, वडा नं. ८ का लागि रू ७३ लाख ५६ हजार, वडा नं. ९ का लागि रू. ७६ लाख ३६ हजार, वडा नं. १० का लागि रू. ६२ लाख ३४ हजार, वडा नं. ११ का लागि रू. ५५ लाख ६९ हजार, वडा नंं १२ का लागि रू. ५६ लाख १७हजार र वडा नंं १३ का लागि रू. ५६ लाख ४८ हजार विनियोजन गरिएको छ । सो रकम वडाका अत्यावश्यकपूर्वाधारहरु, आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन र सुशासन र संस्थागतविकासमाखर्च हुनेछ । 
 दरखसवा खेल मैदानको लागि रू १ करोड रकमविनियोजन गरेकी छु  । यसको डिपिआर अनुसार थपनिर्माणका लागिसंघीय सरकार र प्रदेश सरकारमा पहल भैरहेको छ ।  यसको निर्माण पश्चात् बहु उपयोग क्षेत्रका रुपमा जस्तैः मेलामहोत्सव, विपद् व्यवस्थापनकालागिप्रयोग गर्न सकिने, खुला क्षेत्रलगायतकाअन्यप्रयोजनकालागिपनिप्रयोगमाल्याउन सकिनेछ । 
 नगर तथा वडाहरुको सन्तुलितविकासकालागिअन्यपूँजीगतशीर्षक अन्तरगतरु. २ करोड ५० लाखविनियोजन गरेकी छु । सो रकमबाट नगरका सडक पिच, नालानिर्माण, सडक ग्राभेल, मर्मत संभारका कार्यहरु लगायतकापूर्वाधार निर्माणमा खर्च गरिनेछ । 
 नगर सौन्दर्यीकरण अन्तरगतमुख्यमुख्य स्थानमाबिशेष प्रकारको सडक बत्तिजडान गर्नेकार्यको लागि रु ५० लाख, सवारी चापलाई मध्यनजर गर्दै बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाईट जडान गर्नको लागि रु ६० लाख, मैत्रीपथमाफुटपाथ निर्माणकालागि रु २५ लाख, नगरपालिकाको विभिन्न सडकहरूमा सडक बत्तीव्यवस्थापनकागर्नआवश्यकविद्युत सामग्री खरीदकालागि रू. ४० लाखविनियोजन गरिएको छ । सौन्दर्यीकरणका लागि जडान गरिएका बुद्ध मूर्तिहरुको आवश्यक संरक्षण गर्ने व्यवस्थामिलाइएको छ । 
 वडा नं. ८ को उचमीपथदेखि शिव सापकोटाको घरहुँदै दक्षिणतर्फ जाने बाटोको स्तरोन्नतीकालागि रु १५ लाख, बसडिलवा देवी चौधरीको खेत उत्तरतर्फ जाने बाटोमा सडक स्तरोन्नतीकालागि २० लाख, वार्ड नंं ६ को पशुपतिशिक्षालयजाने बाटो तथानाली स्तरोन्नतीकालागि १० लाख, सि.न.पा. ६ को बिपीपथदेखि पश्चिमको बाटोमा सडक पिचकालागि २० लाख, वडा नं. ६दुर्गाकोलोनीको उत्तरतर्फको बाटो स्तरोन्नतीकालागि रु. २० लाख, वडा नं. ९ रुपन्देहीक्याम्पसदेखि पूर्व गएका सडकहरु स्तरोन्नतीकालागि १० लाख, बिभिन्ननाली, स्ल्याब मर्मतकालागि १० लाख, बिभिन्न सामुदायिकभवननिर्माण सहयोगकालागि १० लाख, भित्री सडकका बिभिन्नविद्युतपोल व्यवस्थापनकालागि १० लाख, फोहरमैलाव्यवस्थापन सवारी साधन राख्ने पूर्वाधार निर्माणका लागि७० लाखव्यवस्था गरेकी छु । 
 वार्ड नं. १ बेलहिया नेपालभारत सिमानामापशुपतिनाथको झल्को दिने गरी आधुनिकप्रवेशद्धार निर्माणको लागि रु १ करोड ५० लाखविनियोजन गरेकी छु । डण्डा खोलामानिर्माण गरिएको वोटिङ्ग स्टेशन सञ्चालनकालागिआवश्यकपूर्वाधार तयार गर्न रु १० लाखविनियोजन गरेकी छु । वडा नं. १ मा पर्यटकीय गेटको उत्तर तर्फ डण्डा खोला छेउमा पार्क निर्माणको लागि रु १५लाखविनियोजन गरेकी छु । 
 नगरपालिकाभित्रलागत सहभागीतामा सञ्चालनहुने योजनाहरुको लागि रु १ करोड रकमविनियोजन गरेकी छु । 
 सिद्धार्थनगर भित्रअव्यवस्थित सवारी साधन मर्मत गर्ने कार्यलाई व्यवस्थित गर्न वाड नं. ९ को अटो भिलेजलाई रु १५लाखविनियोजन गरेकी छु । आँखाअस्पतालको पूर्वाधार तथा मेशिनरी पूँजीगत सहयोगको लागि रु २० लाख रकमविनियोजन गरेकी छु । साथै भिम अस्पतालकालागिपूँजिगतसुधारतर्फआवश्यक सहयोग गरिनेछ ।   
 बुद्धको आकृतिझल्कने गरी नगरपालिकाको नयाँकार्यालय भवननिर्माणका लागिलागत सहभागिता र सशर्त अनुदान गरी रु. ६ करोड विनियोजन गरेकी छु । आर.यु.डि.पी. र अन्यदातृ निकायबाट प्राप्तहुने रु. २ करोड ६० लाख रकमबाट नगरपालिकाको सम्पत्तीअभिलेखिकरण र संरक्षण, जि.आइ.एस. हाउस नंवरिङ्ग, राजस्व सुधार लगायतकातोकिएकाकार्यमा खर्च गरिनेछ । 
 नगरपालिकाको लागत सहभागिता र प्रदेश सरकारको समपुरक अनुदानकार्यक्रमअन्तरगतसि.न.पा. ६ सोमयीमाइपथदेखि उत्तरहुँदै पश्चिम जेनुनपथमा सडक तथानालीनिर्माणका लागिप्रदेश सरकारको ५० लाख र नगरपालिकाको लागत सहभागिता रु. ५० लाख गरी कुल रु १ करोड र वडा नं. १३ सिर्जना पथमा सडक तथानालीनिर्माणका लागिप्रदेश सरकारको ५० लाख र नगरपालिकाको लागत सहभागिता रु. ५० लाखगरी रु १ करोड विनियोजन गरेकी छु । 
 प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाटनगरपालिका क्षेत्रभित्रका स–सना गल्ली र सडकको स्तर उन्नतीगर्नका लागिप्राप्त रकम सम्बन्धित योजनामाखर्च गरिनेछ । संघीय सरकारको सशर्त अनुदानबाट शिवमन्दिर पर्यटन पूर्वाधार निर्माण सि.न.पा. ८ का लागिविनियोजित रु. १० लाख सोही योजनामाखर्च गरिनेछ । नगरपालिकाले लागत साझेदारीमा संचालन गर्ने पूर्वाधार तर्फका अन्यआयोजनाकालागिआवश्यक समपुरक रकमविनियोजन गरेकी छु । 

अब म आगामीआर्थिक वर्ष २०७८÷७९ को क्षेत्रगतविनियोजन बजेट अन्तर्गत सामाजिकविकास तर्फकोविनियोजितबजेट प्रस्तुत गर्न चाहन्छु ।
 महिला स्वास्थ्य स्वयंसेविकाकार्यव्रmममाप्रोत्साहनको लागियातायात, खाजा, तालिमपोशाकआदिको लागि रू. ११ लाख ५० हजार, अध्ययनअवलोकन भ्रमणको लागि रु. ७लाख,  महिला स्वास्थ्य स्वयंसेविका,अतिविपन्नअनाथ, पूर्ण र बहुअपांगताभएकाव्यक्ति, असक्त, महिलातथाबालबालिका, विपन्नएकलमहिलातथा ८४ बर्ष माथिका बृद्ध बृद्धाहरुलाई निःशुल्क सरकारी स्वास्थ्यवीमाको लागि रु. ३० लाखव्यवस्था गरेकी छु।
 कोभिड–१९ आपतकालिनकार्यव्रmमकालागि रु. ३० लाख, कोभिड–१९ लगायतआकस्मिकमहामारी व्यवस्थाको लागि स्वास्थ्यकर्मी परिचालनतथाप्रोत्साहनकालागि रु. १२ लाख, कोभिड–१९ लगायतविभिन्न रोगहरुबाट बचावट गर्न सुरक्षा सामाग्रीहरुलगायत दुषण निवारण र सामाग्री खरीदतर्पm रु. १० लाखविनियोजन गरेकी छु ।नगरको आपतकालिनकेन्द्र संचालनकालागिआवश्यकव्यवस्थामिलाइएको छ । 
 शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापनातथा सञ्चालनकालागि रू. २५ लाख, स्वास्थ्य संस्थातथाखोप केन्द्र विस्तार एवं व्यवस्थित गर्न रु. १० लाखविनियोजन गरेकी छु ।
 स्वास्थ्यतर्फको सशर्त अनुदानकूलरू. ४ करोड ७६लाखआएकोमा आधारभूततथाआकस्मिक सेवाकालागिऔषधी र स्वास्थ्य सुरक्षा सामग्रीको लागिरू. १९लाख, मातृ तथानवशिशु (आमा सुरक्षा) कार्यव्रmमकालागिरू. ३ करोड ३०लाखविनियोजन गरेकी छु ।
 मातृतथानवशिशु कार्यव्रmमकालागि रु. १५ लाख १९ हजार, पोषण कार्यव्रmमकालागि रु. ११ लाख ८४ हजार विनियोजन गरेकी छु ।
 सुरक्षितमातृत्व प्रवद्र्धन कार्यव्रmमअन्तर्गत गर्भवतीतथा सुत्केरी आमाहरूसँग उप प्रमुखको शुभकामना सहितको कोसेली भेट कार्यव्रmमकालागि रू. २५ लाखविनियोजन गरेकी छु ।
 कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न तथाबालविकास शिक्षक र विद्यालयकर्मचारीहरुकालागिथपतलबकालागि रु. ५६ लाख ५० हजार र राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूदप्रतियोगिता सञ्चालन गर्न रु. १०लाख, खेल प्रशिक्षकतालिमकालागि २ लाखविनियोजन गरेकी छु ।
 सामुदायिकविद्यालयका प्र.अ. शिक्षकहरुलाई क्षमताविकास गर्न रु. ८ लाख, प्रारम्भिककक्षालाई छापामय बनाउन रु. ६लाख, कोभिड–१९ लगायतविषम परिस्थितिका बेलामा निरन्तर सिकाई अभिबृद्धिका लागि सहजीकरण गर्ने कार्यव्रmमकालागि रु. १५ लाखविनियोजन गरेकी छु ।किशोरीकालागिआत्मरक्षातालिमकालागि रु २ लाख, अभिभावक, पूर्व प्राथमिकशिक्षक, प्रारम्भिककक्षा पढाउने शिक्षक, शारिरिक शिक्षकको क्षमताविकासकालागि८लाख ५० हजार, विद्यालयहरुमाविद्युतियहाजिरी र सिसि क्यामरा जडानका लागि रु १० लाख, गरिब तथा जेहेन्दार छात्रामैत्रीप्रविधि सहयोग ६ लाख, फरक क्षमताभएकाविद्यार्थीहरुकालागि शैक्षिक सामग्री सहयोग २ लाख, कम्प्यूटर नभएको विद्यालयहरुमा कम्प्यूटर प्रिन्टर लगायतका सहयोग १० लाख,संस्थागतविद्यालयकाशिक्षककालागिबालमैत्रीशिक्षा र प्रिन्सिपलहरुलाई क्षमताविकासकालागि ४ लाख, धार्मिक विद्यालयकालागि रु. ३ लाख र रुपन्देहीक्याम्पसलाई पूर्वाधार सहयोग ५लाखविनियोजन गरेकी छु । 
 स्थानीय पाठ्यव्रmमनिर्माण एवं प्रबोधीकरण, शिक्षानियमावली र नगरको शैक्षिक रणनीतिक योजनानिर्माणका लागि १३ लाखविनियोजन गरेकी छु ।
 बालबालिकाएवं बालक्लबहरुको संस्थागत सुदृढीकरण एवं क्षमताविकासको लागि रु. १० लाख ५० हजार विनियोजन गरेकी छु ।
 शिक्षातर्फ सशर्त अनुदानबापतकुल रकम रु. २० करोड २८ लाख रकमप्राप्तभएकोे छ । सो मध्ये चालु तर्फ शिक्षकको तलबभत्ता, पाठ्यपुस्तक, दिवाखाजा, विद्यालय संचालनअनुदान, धार्मिक विद्यालयकालागिअनुदान, शैक्षिक गुणस्तर सुधार, छात्राहरुलाई सेनिटरी प्याड वितरणमा खर्च हुनेछ । साथै पूँजिगततर्फ रुपन्देहीलिलाराम मा.वि. र भानु मा.वि. को विद्यालयभवननिर्माणका लागिप्रतिविद्यालय १ करोड ६६ लाखप्राप्तभएकोमा सोहीबमोजिमपूर्वाधार निर्माण गरिने छ । साथै भुजौलीआधारभूतविद्यालय र पक्लिहवा मा.वि. लाईप्रतिविद्यालय रु. २५ लाखका दरले रकमप्राप्तभएकोमा रकम रु.७५लाखथप गरी भवननिर्माण कार्य सम्पन्न गरिनेछ । 
 युवाहरुको लागिआयमूलक, सीपमूलककार्यव्रmमको लागि रु. २८ लाख ५० हजार, मधेशी, मुस्लिमतथा पिछडावर्गको आयमूलकएवं सीपमूलककार्यव्रmमको लागि रु. ५ लाख, आदीवासी, जनजातिलक्षितकार्यव्रmमको लागि रु. ८ लाख, दलितलक्षितकार्यव्रmमहरुको लागि रु. ९ लाख ५० हजार, अपाङ्गलक्षितकार्यव्रmमको लागि रु. ९ लाख ५० हजार विनियोजन गरेकी छु ।
 बृद्ध सम्मानएवं धार्मिक पुस्तकतथाभजनकिर्तनको लागिवाद्यवादनका सामग्रीव्यवस्था गर्न रु. ७लाख, ज्येष्ठ नागरिक आश्रय÷मिलन केन्द्र स्थापना गर्न रु. ५ लाख, सिद्धार्थनगरलाई सहयोगापेक्षी सडक मानवमुक्तनगर बनाउने आवश्यककार्यव्रmमको लागि रु. ७लाखविनियोजन गरेकी छु ।
 उप प्रमुखसँगमहिलालक्षितकार्यक्रमअन्तरगतमहिलाहरुको लागिआयमूलक, सीपमूलककार्यव्रmमको लागि रु. २८ लाख, गरिवीनिवारणका लागि लघुउद्यम विकास कार्यव्रmमकालागि रु. २७लाखविनियोजन गरेकी छु ।
 माहात्मा बुद्ध गोल्डकपको लागि रु. २५ लाख, मेयर व्रिmकेट प्रतियोगिता सञ्चालन गर्न रु. १० लाख, उपप्रमुखमहिलाकपप्रतियोगिता सञ्चालन गर्न रु. १० लाख, माछापुच्छ्रे क्लबलाई फुटबल संचालन गर्न ३ लाख, भैरब क्लबलाई खेलकूद संचालन गर्न ५० हजार, ब्याडमिन्टन क्लबलाई १ लाख ५० हजार, बाँकीबिभिन्नखेलकूदकार्यव्रmमहरुसञ्चालन गर्नका लागि५ लाखरकमविनियोजन गरेकी छु ।
 खेलकूदएवं खेलाडी अक्षयकोषकालागीथप रकम १० लाख, पत्रकारिताअक्षयकोषकालागि ३ लाख,भाषा,कला, संस्कृति र साहित्यअक्षयकोषमाथप गर्नकोलागि३ लाख, भाषा साहित्यकला संस्कृतिकाविविधकार्यक्रमकालागि रु १० लाख, सिद्धार्थनगरको भाषा, साहित्य, कला, संस्कृति सम्बन्धीअध्ययन पुस्तक लेखन तथाप्रकाशनकालागि रु. ३ लाखविनियोजन गरेकी छु ।धार्मिक, सामाजिकतथाअन्य संघ संस्थाहरुलाई पूँजीगतअनुदानको लागि रु. १५ लाखविनियोजन गरेकी छु ।
 युनिसेफ समेतको सहयोगमानगरपालिकाकोवास प्लाननिर्माणकालागि रु. २० लाख, नगरपालिकाको नगर पाश्र्व चित्र९ःगलष्अष्उब िम्ष्नष्तब िएचयाष्भि०बनाउनको लागि संस्थासँगकार्य सम्झौता सम्पन्नभई आंशिक रुपमाकार्य भई रहेको अवस्थामा कोभिड–१९ को कारणले पुरा हुननसकेको कार्यव्रmमलाई निरन्तरतादिनयुनिसेफ समेतको लागत साझेदारीमा रु. २० लाखविनियोजन गरेकी छु ।
 उपभोक्ताको स्वास्थ्यएवं हकहित बृद्धि तथाबजार अनुगमन, महिला समूह, समिति गठन एवं परिचालन, वडा स्तरिय परामर्श बैठक, अनुशिक्षण कार्यव्रmम, आधारभूततालिम, पूर्व सहकारी शिक्षा, नेतृत्वतथा संस्थागतविकास तालिम, लेखापालनतालिमआदिको लागि रकमव्यवस्था गरेकी छु ।
 महिलाउद्यमशिलता सहजीकरण केन्द्र स्थापनातथाकार्यव्रmम सञ्चालनको लागि रु. ४ लाख, महिलाहरुको लागि स्यानिटरी प्याड बनाउने तालिमकालागि रु १ लाख ५० हजारविनियोजन गरेकी छु ।
 बालश्रम मुक्त स्थानीयतह घोषणा सम्बन्धीकार्यव्रmम सञ्चालन गर्न रु. ३ लाख, बालश्रम, बालविवाह, बहु विवाह, दाइजो, बोक्सी, छाउपडी जस्ता कुप्रथा रोकथामकालागि सचेतनामूलककार्यव्रmम सञ्चालन गर्न, मानव बेच विखनतथाओसार पोसार नियन्त्रण, लैङ्गिक हिंसा निवारण सम्बन्धी सचेतनामूलककार्यव्रmम सञ्चालनको लागिआवश्यक रकमविनियोजन गरेकी छु ।राष्ट्रिय परिचयपत्रतथापंजिकरण विभागअन्तरगत सशर्त अनुदानबाट प्राप्तहुने रकम सोहीकार्यका लागिखर्च गरिनेछ । 

सभाध्यक्षमहोदय,

आ व २०७८÷०७९ को आर्थिकविकासतर्फ विनियोजित बजेट तथाकार्यक्रमप्रस्तुत गर्न अनुमतिचाहन्छु ।
 घर घरमा कौशीतथा करेसावारी, भान्साभान्सामाअर्गानिकताजा तरकारी भन्ने मूल नारा सहितबिभिन्नकिसिमको फलफूल,तरकारी जडीबुटीको खेती गरी भान्सा नै पहिलो औषधालयअभियान संचालनकालागितालिम रउत्पादन कृषि सामाग्रीवितरण,ताजा तरकारी उत्पादनकालागिमौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी स्थलगत घुम्ति तालिम, तरकारी बालीको उत्पादन,प्रर्दशनलगायतकालागि रू. ८ लाख७५ हजार र तरकारी बिउको मिनी किट वितरणका लागि रू. ५ लाखविनियोजन गरेकी छु ।
 च्याउखेती सम्बन्धी (बिउ वितरण)कार्यव्रmम, च्याउ खेती सम्बन्धी स्थालगत घुम्ति तालिमकालागि रु. ५ लाख ४० हजार, साधारण तथापावर स्प्रेयर का लागि २ लाख, कम्पोष्ट मलतथा घरेलु विषादीबनाउने तालिमकालागि १ लाख ६० हजार, आकस्मिकबाली संरक्षण सेवा २ लाख ५० हजार, प्र्राङ्गारिक तथाबर्मी कम्पोष्ट मलवितरण ३ लाख ३० हजार, धानगहुँको मूलविउवितरणका लागि २ लाख ५० हजार, उन्नतजातको धानगहुँकोविउ ५० प्रतिशतअनुदानमावितरणका लागि रू. १०लाखविनियोजन गरेकी छु । साथै तोरी तथा मसुरोको बीउअनुदानवितरण, खाद्यन्नबालीहरुको उत्पादनप्रदर्शन तथाखाद्यन्नतथाबीउउत्पादन सम्बन्धी स्थलगत घुम्ति तालिमलागि१लाख७० हजार विनियोजन गरेकीछु ।
 नगरका कृषकहरुको माटो परीक्षण शिबिर संचालनकालागि २ लाख, प्याज खेती प्रवद्र्धनकालागि १ लाख, अन्तर प्रदेशियब्यवसायिक कृषकहरुको अध्ययनअवलोकन ३ लाख, कृषिऔजार तथासिचाई यन्त्र उपकरण ५० प्रतिशतअनुदानमावितरण गर्न ४ लाख, मागमाआधारित कृषिकार्यक्रम संचालन रु. ५लाख, बर्षे फलफूलको बिरुवावितरणका लागि २ लाख ५० हजार  विनियोजन गरेको छु ।साथै संघीय सरकारको सशर्त अनुदानबाट चालु खर्च तर्फ प्राप्त ३५ लाख रकमबाट किसान सूचिकरण, स्थापनाभएका सानाव्यवसायी कृषीउत्पादन केन्द्र (पकेट विकास कार्यक्रम), बाख्राको सानाव्यवसायीक कृषीउत्पादन केन्द्र (पकेट विकास कार्यक्रम), गहुँबालिको सानाव्यवसायीक कृषीउत्पादन केन्द्र (पकेट कार्यक्रम) संचालन गरिनेछ ।
 नगरको गौरवको आयोजनाअन्र्तगत रहेको सामुदायिक कृषि हाटबजार मध्ये ए ब्लकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्तयोजनाको सम्पूर्ण काम सम्पन्न गरी संचालन गर्नका लागि रू ६० लाखविनियोजन गरेकी छु । साथै “बीब्लक” को निर्माण कार्य भैरहेको र सोको सम्पूर्ण कार्य आगामीआ.ब. भित्रै सम्पन्नहुने लक्ष्य रहेको छ । सो आयोजनानिर्माण सम्पन्न गर्नका लागि संघीय सरकारको शसर्त समपुरक अनुदानरू ४ करोड १५ लाख, संघीय सरकारको सशर्त तर्फको रू२ करोड र नगरपालिकाको लागत सहभागितारू ४ करोड१५लाखगरी कुलजम्मा रू १० करोड ३० लाखविनियोजन गरेकी छु ।
 पशुपन्छीविकासतर्फ गाई भैसिको स्वच्छ दुधउत्पादन, चापाकटर वितरण, विभिन्नखोप सेवा, कृत्रिमगर्भाधानकालागि सामग्रीतथा तरल नाइट्रोजन खरीदतथा ढुवानी, घाँसको बिउँवितरण, नश्ल सुधारका लागिबोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथाबाख्रापालनतालिम, माछाको भुरा तथादानावितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रमकालागि रु.२५ लाखविनियोजन गरेकी छु ।
 पशु पन्छी सेवातर्फ सशर्त अनुदानबाट प्राप्तरु.८ लाखरकमबाट इपिडिमियोलोजी रिपोर्टिङ्ग, कृत्रिमगर्भाधानमिसन, पशु आहार मिसनकार्यक्रम संचालनहुनेछन् । 
 सशर्त अनुदानमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामकालागिपारिश्रमिकअनुदान, युवा रोजगारीकालागि रुपान्तरण पहल परियोजनाअन्तर्गत रोजगारसेवा केन्द्रको संचालन, कामकालागिपारिश्रमिक योगदानकार्यक्रमकालागिआएको रकम सोेहीकामकालागिखर्च हुने व्यवस्थामिलाइएको छ । यस कार्यक्रमकै लागिआवश्यकनिर्माण औजारहरु खरिद गर्न रु १० लाखनगरपालिकाको तर्फबाट विनियोजन गरिएको छ । 
 सहकारी तर्फ पूर्व सहकारी शिक्षातथा सहकारी सचेतना, आधारभूत सहकारी शिक्षातालिम सहकारी तथा गरिबि निवारणका लागिव्यवस्थापन सुचना प्रणाली तालिम, सहकारी लेखापालनतथा सहकारी व्यवस्थापनतालिम, सहकारी मार्फत व्यवसाय प्रवद्र्धन तथाउद्यमशिलताविकास कार्यक्रम, पदाधिकारी तथाकर्मचारीकालागि सहकारी अन्र्तक्रिया, तथा वडास्तरिय सहकारी प्रशिक्षण कार्यक्रम, स्थानिय सहकारी विकासकालागिअर्धवार्षिक पत्रिकाप्रकाशन, राष्ट्रिय तथाअन्र्तराष्ट्रिय दिवस कार्यक्रमकालागि २६ लाख७० हजार विनियोजन गरेको छु ।
 पर्यटन तर्फ पर्यटन गुरुविकास योजनानिर्माण नगरको मौलिकपहिचान सहितको मायाको चिनो तयारी प्रतियोगिता, बेरोजगार युवालक्षितहोटल व्यवस्थापनतालिम, पर्यटन प्रवद्र्धनकालागि टुरिष्ट गाइड प्रशिक्षण तालिम, नगर भित्र सूचना केन्द्र संचालन, विदेशीभाषा प्रशिक्षण कार्यक्रम, कोसेली घर संचालनकालागि ३९ लाख ५० हजार विनियोजन गरेको छु ।
 उद्यमशिलता प्रवद्र्धन तथानवउद्यमप्रवर्तन कार्यक्रमकालागि रु.३ लाखविनियोजन गरेको छु ।नगरपालिका राजस्व सुधार कार्यक्रमअन्तरगतकर संकलनकालागि कम्प्युटरकृत अनलाइनप्रविधि, कर शिक्षाकार्यक्रमकालागि रु.१३ लाखविनियोजन गरेको छु ।

अब म आ व २०७८÷०७९ को वातावरण तथाविपद् व्यवस्थापनतर्फ विनियोजित बजेट प्रस्तुत गर्न अनुमतिचाहान्छु ।

 नगर क्षेत्रको फोहरमैलाव्यवस्थापन,फोहोरलाई श्रोतमै न्यूनीकरण, प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न, मुख्यनालाको दैनिक सरसफाई, फोहोरमैलाव्यवस्थापनकालागिठेला खरीदरमर्मतलगायतको कार्यका लागि रू२३लाख, नाला सरसफाई गर्ने एक्साभेटर साधन खरीद गर्न रू ३५ लाख, नगरकार्यपालिको मुख्यमुख्य स्थानमासार्वजनिकशौचालयनिर्माणका लागि ४० लाखविनियोजन गरेकी छु । 
 स्र्वगद्वारीघाटतथाअन्यकब्रस्थानहरुको व्यवस्थापन र हरियालीव्यवस्थापन समेतकाकार्य १० लाख, नगर क्षेत्रमा हरियाली, वातावरण संरक्षणका लागिरू. १४लाख ५० हजार विनियोजन गरेकी छु । 
 सिद्धार्थनगरलाई बाह्रैमहिनाफुलफुल्ने शहरको रुपमाविकास गर्न एक वडामा एक उद्यानपार्क निर्माण कार्यलाई रु ३० लाखविनियोजन गरेकी छु ।वातावरणमैत्री स्थानीयशासन प्रवद्र्धनकालागिआवश्यकव्यवस्थामिलाइएको छ । 
 कोभिड १९ लगायतका सवै किसिमकाविपद् व्यवस्थापनकालागिविपद् व्यवस्थापन कोषकालागि रू. २० लाखर नगरको नियमित सरसफाइकालागिजनशक्ति परिचालनलगायतअन्यकामको लागिआवश्यक बजेटको व्यवस्थामिलाएकी छु । 
 हाम्रो नगर सफानगरअभियान स्थानीयबासीहरूको सक्रियतामा संचालन गर्ने र  सरसफाइतथा हरियाली प्रवद्र्धन कार्यक्रम टोल विकास संस्था, आमा समुहको सहभागीतामा सञ्चालन गर्ने व्यवस्थामिलाएकी छु । 
 नगर क्षेत्रभित्रअव्यवस्थित रुपमा छाडिएका छाडा चौपायाव्यवस्थापनकालागि रू ५४ लाख ५० हजार विनियोजन गरेकी छु । 

सभाध्यक्षमहोदय,

आ व २०७७÷०७८ को सार्वजनिक सेवाप्रवाहतथाक्षमताविकासतर्फ विनियोजित बजेट प्रस्तुत गर्न अनुमतिचाहान्छु ।

 मानव संशाधनविकास, संस्थागतक्षमताविकास, राजश्व परिचालन, वित्तीयव्यवस्थापन, सेवाप्रवाह र सुशासनकायम गर्न जनशक्तिनगरकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य सेवाप्रवाह गर्ने संयन्त्रतथाअन्यप्रशासनिककार्य संचालनकालागिकुल रकम रु. २३ करोड ९१ लख ५० हजारविनियोजन गरिएको छ । 
 आ.ब. २०७६।७७ मा नगरपालिकाले सम्पादन गरेका कार्यहरुको स्थानीयतह स्वमूल्यांकनकार्यविधि, २०७७बमोजिमनगरपालिकाको मुल्यांकनगर्दा ७७.५ अंकप्राप्तभएको छ । मूल्यांकनअनुसार अन्य स्थानीयतहहरु मध्ये सिद्धार्थनगर नगरपालिकाको स्थानअग्रपंक्तिमा नै छ । आगामीदिनहरुमाअझथपसुधारका लागि गर्नुपर्ने नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका लागिआवश्यक पर्ने साधन स्रोतहरुलाई बजेटमा समावेश गरिएको छ । 
 विगतसमयदेखि कार्यरत अस्थायी तथा करारमाकर्मचारीहरूको आर्थिक वर्ष २०७८÷०७९ मा समेत उनीहरूको सेवामा निरन्तरताकायम गर्ने व्यवस्थामिलाएकी छु । साथै अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूको सेवा सुविधाको निरन्तरताकालागिआवश्यकबजेट विनियोजन गरेकी छु । शाखाप्रमुखहरुसँग सेवा करार संझौता गरी क्षमता र योग्यताअनुसारको जम्मेवारी तोकिने व्यवस्थामिलाएकी छु ।
 कर्मचारीहरूको सेवाको निरन्तरता, स्थायित्व र उच्चमनोवलकायम गरी कार्यस्थलमा खट्ने वातावरण तयार गर्न कर्मचारीहरूकाबृत्ती विकास,क्षमताविकास, स्तरबृद्धि गर्ने,तालिमलगायतकाक्षमताविकासकाकार्यक्रमहरु संचालन गर्नका लागिआवश्यकव्यवस्थामिलाएकीछु। 
 आ.ब. २०७८।७९ का लागिपारित गरिएकानीतिहरूकार्यान्वयन गर्नका लागि बजेट व्यवस्था गरिएकोमा सोहीबमोमिज र अन्यकार्यक्रमविद्यमान जनशक्तिबाट कार्यान्वयन गरिने व्यवस्थामिलाइएको छ । 
 नगर क्षेत्रभित्रदर्ता भएकाएफ.एम, टिभी, पत्रपत्रिका, अनलाइनसँग सम्झौता गरी सूचनामूलक र सन्देशमूलक सामग्रीप्रकाशनरसम्प्रेषणका लागि रु ११ लाख, रुपन्देहीएफ.एम. पूजिगत सुधारका लागि रु ५ लाख, पत्रकार महासंघ रुपन्देहीकाकार्यक्रमहरु संचालनकालागि४लाख, फ्रि वाइफाइ जोनकालागि ५ लाखविनियोजन गरिएको छ । 
 मेलमिलापकेन्द्रको विस्तार, न्यायिक समिति र मेलमिलापकर्ताको क्षमताविकास, कानूनीसाक्षरताअभियानतथाशिविर संचालनकालागि १४ लाख २० हजार, वैदेशिक रोजगारबाट फर्किएकाव्यक्तिलाई लक्षित गरी सीपमूलककार्यक्रम संचालन गर्न ४ लाख, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन गर्न ३ लाख रकमविनियोजन गरिएको छ । 
 सुरक्षितआप्रवासनकार्यक्रमअन्तरगत सशर्त अनुदानबाट प्राप्तहुने कार्यक्रमहरु सोहीबमोजिम संचालनहुनेछन् । 
 हालकोभिड १९ को महामारीको चपेटामा परेकोले नगरपालिकालाई संघ, प्रदेश तथाअन्य निकायबाट प्राप्तहुने आयस्रोत र नगरको आन्तरिक आयमा सङ्कुचनहुन सक्ने अवस्थालाई विश्लेषण गरी सोहीअनुरूपलचकताकाआधारमा कार्यक्रम संशोधन गरी कार्यान्वयन गरिनेछ । यस्तो अवस्थामा कोरोना भाइरस वाअन्यविपद्को व्यवस्थापन, नियन्त्रणको कार्यलाई पहिलो प्राथमिकतामा राखीअन्यकार्यक्रमहरू क्रमशः अगाडि बढाइने छ । 

सभाध्यक्षमहोदय,
अब म आगामीआर्थिक वर्ष २०७८÷७९ को राजश्व परिचालनको नीतितथाकार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु । 
 राजस्व परिचालनकानीतिहरु देहायबमोजिमहुनेछन् । 
ड्ड कोभिड १९ का कारण पटक पटकबन्दाबन्दी, निषेधाज्ञा भइसम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भएको, आर्थिक विकासका सम्पूर्ण गतिविधिहरूमानकारात्मक असर परेको कारण चालु आ.ब. मा तोकिएका कर तथाशुल्कको दरमा कुनै पनि करका दर, दस्तुर शुल्कहरूमावृद्धि नगरीयथावत राख्ने । 
ड्ड नगरपालिकाले उठाउने सबै प्रकारका करहरूलाई दर कमदायरा फराकिलो बनाउँदै सबै वडा कार्यालयबाटै क्रमशःप्रविधिको उपयोग गरी कर, दस्तुर, सेवाशुल्क सङ्कलन गर्ने । 
ड्ड व्यवसाय करको दायरा बढाउने र बढीभन्दा बढी व्यवसायीहरूलाई कर तिर्न प्रोत्साहित गर्न कर सप्ताहवा कर जागरण कार्यक्रम सञ्चालन गर्ने । कर असुलीकार्यलाई थपप्रभावकारी बनाउन वडा समिति र टोल विकास संस्थाहरूलाई परिचालन गर्ने  ।
ड्ड निरन्तर र समयमै नगरपालिकालाई सबै भन्दा बढि कर बुझाउने व्यक्तिरसंस्थाहरुलाई  सम्मान गर्ने परम्पराको थालनी गरिने । 
ड्ड आर्थिक वर्ष २०७८।७९मा करका दर, छुट सम्बन्धीव्यवस्थाआर्थिक ऐन, २०७८ मा व्यवस्थाभएबमोजिमहुने ।
ड्ड विगत समयमा कर नबुझाएमाविगतकाआर्थिक वर्षहरूकोे जरिवाना जोडी बक्यौता समेत असुल गर्ने ।
ड्ड व्यवसाय कर लिदा एउटै फर्ममा फरक, फरक प्रकृतिकाव्यवसाय सञ्चालन गरेकाको हकमातोकिएबमोजिमको फरकफरक प्रकृतिकाव्यवसाय करको दरले हुनआउने रकम जोडी व्यवसाय कर लिने ।
ड्ड वित्तीयश्रोत परिचालन र व्यवस्थापनमानिजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउदैं लैजाने, कर संकलनतथाआर्थिक कारोवार विद्युतियसूचना प्रणाली मार्फत नियमन गर्ने । 
ड्ड सम्पत्ति कर बुझाउने कुनै करदाताले आफ्नो नाममा रहेको सम्पत्तिलुकाई वा खण्डीकरण गरी वाभौतिक संरचनानदेखाई सम्पत्तिमूल्याङ्कन गराई कर तिरेको प्रमाणित भएमावास्तविक सम्पतिको मूल्याङ्कनबाट लाग्ने कर रकममा साविकमाबुझाएको रकम घटाई बांकी रहने रकममा जरीवाना गरी असुल गर्ने । 
ड्ड आगामीआ.ब.मा राजश्व सुधार योजनाप्रतिवेदनबमोजिम कर प्रशासनमाआवश्यक सुधार गर्दै जाने । 

 नगरपालिकाबाट माथिउल्लेखितकार्यहरू पूरा गर्न आन्तरिक आयका स्रोतहरूबाट रु. १९ करोड संकलन गरिनेछ । बाँकी रकम संघीय सरकार र प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, नगरपालिकाले राजस्व बाँडफाँडप्राप्त गर्ने रकम र अन्य रकमबाट परिचालन  गरिनेछ । उक्त रकममध्ये सामाजिकविकासतर्फ २७प्रतिशत, पूर्वाधार विकासतर्फ ४१प्रतिशत, कार्यालय संचालनतथाप्रशासनिक र सुशासनतथाअन्तर सम्बन्धित क्षेत्र तर्फ २१प्रतिशत र आर्थिक विकास तर्फ ८ प्रतिशत र वातावरण तथाविपद् व्यवस्थापनतर्फ ३प्रतिशतखर्च हुने अनुमान गरिएको छ । साथै कुल बजेटको ४८.४४प्रतिशतचालुतर्फ र ५१.५६प्रतिशतपूजिगततर्फ खर्च हुने अनुमान गरिएको छ । 

सभाध्यक्षमहोदय,

 बस्तीस्तरबाट मागभइआएका तर नगरपालिकाको स्रोतबाट सञ्चालनहुननसक्ने ठूला योजनाहरूलाई केन्द्र तथाप्रदेश सरकारमा अनुरोध गर्ने व्यवस्था गरेकी छु  । 
 प्रस्तुत बजेट तथाकार्यक्रम राजश्व परामर्श समिति, विभिन्नविषयगत समिति, कार्यपालिकाका सदस्यहरूतथाअन्य बुद्धिजीवीहरूबाट प्राप्त सल्लाहतथा सुझावकाआधारमा तयार पारिएको व्यहोरा अनुरोध गर्न चाहन्छु । 
 बजेट तथाकार्यक्रमतर्जुमा गर्ने सन्दर्भमा हामीले गरेको आग्रहलाई स्वीकार गरी बैठक तथा छलफलमा उपस्थितभई उल्लेखनीय सहयोग गर्नु हुने नगरमा क्रियाशील राजनीतिकदलहरू,नगर प्रमुखज्यू,वडाध्यक्षज्यूहरू, राजश्व परामर्श समितिकापदाधिकारीहरु, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, रूपन्देही,  विभिन्नविषयगत समिति, कार्यपालिकाका सदस्यहरूतथाअन्य समाजसेवी,  बुद्धिजिवी, सञ्चार क्षेत्रलाई विशेष धन्यवाददिँदै आभार व्यक्त गर्न चाहन्छु । बजेट निर्माण कार्यमा अहोरात्र खटिइ सहयोग गर्नु हुने नगरपालिकाकासम्पूर्ण कर्मचारीहरूलाई धन्यवाददिन चाहन्छु । हामीलाई रचनात्मक सुझाव र सल्लाहदिईनगरको आर्थिक र सामाजिकरूपान्तरण तथा समृद्धिमा निरन्तर सहयोग पु¥याउने सबै करदाता रनगरबासीहरु प्रतिहार्दिक आभार प्रकट गर्दछु । कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचारमा आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग पुर्याउने सबै संघ, संस्था, निकाय, व्यक्तिहरूलाई हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्दछु । 
 अन्त्यमा, यस नगरसभामाउपस्थितहुनु हुने नगरसभाकासम्पूर्ण सदस्यहरूतथाव्यवस्थापनमा रहेर सहयोग पुर्याउनु हुने सम्पूर्ण कर्मचारीहरु प्रतिहार्दिकधन्यवादव्यक्तगर्दछु । प्रस्तुत बजेट तथाकार्यक्रमको कार्यान्वयनको निम्ति यहाँहरूबाट प्राप्तहुने रचनात्मक सुझावलाई मार्गदर्शनको रूपमालिएर अगाडि बढ्ने विश्वास दिलाउँदै प्रस्तुत बजेट र कार्यक्रमको सफलकार्यान्वयनमायहाँहरू सबैको निरन्तरसहयोग रही रहनेछ भन्ने अपेक्षाका साथहार्दिक अभिवादन सहितधन्यवाद ज्ञापन गर्दछु ।

 उमा काफ्ले
 नगर उप–प्रमुख


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार