Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

६ सय ३३ पालिकाले पेस गरेनन मन्त्रालयमा बजेट विवरण


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०७८ शनिवार
  • 856
    SHARES

६ सय ३३ पालिकाले पेस गरेनन मन्त्रालयमा बजेट विवरण

हरेक पालिकाले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म जम्मा एक सय २० वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । ७ सय ५३ मध्ये ६ सय ३३ पालिकाले बजेट ल्याएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छैनन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै गण्डकी प्रदेशका ८५ मध्ये २२ वटा अर्थात २५ दशमलव नौ प्रतिशत पालिकाले बजेटको विवरण पेस गरेका छन् । प्रदेश-१ का १ सय ३७ पालिकामध्ये जम्मा २६ वटाले, प्रदेश-२ का १ सय ३६ मध्ये १३ वटाले मात्रै, वाग्मतीका १ सय १९ पालिकामध्ये १५ वटाले, लुम्बिनीका १ सय ९ पालिकामध्ये २० वटाले, कर्णालीका ७९ मध्ये १० र सुदूरपश्चिमका ८८ मध्ये १४ वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । बजेट ल्याएपछि तत्कालै विवरण पेस गर्नको लागि पटक-पटक ताकेता गरे पनि पालिकाले अटेरी गरेका मन्त्रालयले जनाएको छ ।

६ सय ७०/८० वटा पालिकाले बजेट ल्याएको अनौपचारिक जानकारी प्राप्त भए पनि मन्त्रालयको पोर्टलमा जम्मा एक सय २० वटा पालिकाले मात्रै विवरण इन्ट्री गराएको र यसैलाई नै आधिकारिक मानिने सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो  । ‘बजेट आउने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतहरुलाई म्यासेज र फोनबाट बजेट आउनेबित्तिकै पोर्टलमा समावेश गर्नु भनेर निर्देशन दिए पनि अहिलेसम्म धेरैले अटेरी गरिरहेका छन् ’अधिकारीले भन्नुभयो ।

पोर्टलमा विवरण पेस गर्न जम्मा पाँच मिनेटको समय लाग्ने भए पनि गैरजिम्मेवारीका कारण समस्या भएको उहाँको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार