Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देहीमा २७ जना संक्रमित थपिए, सक्रिय संक्रमित २० ३


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०७८ शनिवार
  • 634
    SHARES

रूपन्देहीमा २७ जना संक्रमित थपिए,  सक्रिय संक्रमित २० ३

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टाको तथ्याङ्कमा जिल्लामा २७ जना नयाँ संक्रमित फेला परेको देखिएको छ । उक्त अवधिमा जिल्लाभर १ सय ८७ जनामा कोेरोना परिक्षण गरिएको थियो । 

विहीबार जिल्लामा ५ जनामा संक्रमण देखिए पनि आज शनिबारसम्म आइपुग्दा पाँच गुणा बढेको छ । विज्ञहरुले तेस्रो लहरको चेतावनी दिइरहेका बेलामा विश्वभर नै फेरि कोरोना संक्रमण उकालो लागेपछि तेस्रो लहरको सुरु भएको हुनसक्ने आँकलन गरिएको छ । रुपन्देहीमा पनि यसअघिभन्दा पछिल्ला १० दिनमै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ३ पुगको छ । हालसम्म जिल्लामा चार सय ८२ जना संक्रमितले ज्यान गुमाएका छन् भने २७ हजार ५ सय ३ जना निको भएका छन् । हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार ९ सय ९० पुगेको छ । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार