Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल औषधि व्यावसायी संघ रूपन्देहीकाे साधारण सभा,ब्यवसायीहरुको समस्याप्रति गम्भिर हुन सुझाव  


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०७८ आइतवार
  • 1.4K
    SHARES

नेपाल औषधि व्यावसायी संघ रूपन्देहीकाे साधारण सभा,ब्यवसायीहरुको समस्याप्रति गम्भिर हुन सुझाव  

बुटवल ।  नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको भर्चुअल माध्यमद्वारा शनिबार सम्पन्न दोस्रो साधारण सभासम्पन्न भएकाे छ । सभामा बाेल्दै बक्ताहरुले कोभिड संक्रमणको बेला अग्रपंक्तीमा रहेर सेवा गरेका औषधी ब्यवसायीहरुको समस्याप्रति सरकार गम्भिर हुनुपर्ने बताए । स्वस्थ्य क्षेत्रमा खटिएका औषधी ब्यवसायीहरु काम अनुसारको कोभिड खोपको प्राथमिकता पार्न उनीहरूले सुझाव दिए ।

संघका केन्द्रिय अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै कोभिड संक्रमणको बेला स्वस्थ्यकर्मीसंग काधमा काध मिलाएर सेवा दिएका ब्यवसायप्रति विभेद भएको बताए । यसैगरि दर्ता प्रक्रिया विविध नीतिगत समस्याहरु आईपरेको भन्दै उनले औषधी ब्यवसायहरुको समस्याप्रति सरकार गम्भिर हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका निबर्तमान केन्द्रिय अध्यक्ष श्री बाबुराम भट्टराईले स्वस्थ्य क्षेत्रमा औषधी ब्यवसायीहरुप्रतिको दृष्टिकोण परिवर्तन आउनुपर्ने बताए । सेवाग्राहीबाट केही सिमिति ब्यवसायीका कारण बनाएको एक प्रकारको गलत धारणालाई परिवर्तन गर्ने गरि संघ लाग्नुपर्ने बताए ।

जिल्लाका व्यावसायी सदस्यहरुबाट उठेका विषयबस्तुलाई कार्यक्रममा संघका जिल्ला अध्यक्ष सुरज भट्टराईले सम्बोधन गर्दै दर्ता समयावधी थप्ने, कोभिडको बेला भ्याक्सिनको प्राथमिकतामा नपर्दा कठिनाई भएको दुखेसो गरे । अब प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिईएको उनले बताए ।

संघको ७४ वटा जिल्ला शाखा, ५ प्रदेश र २ वटा अंचाल शाखा छन । लुम्बिनी प्रदेशसहित पाँच वटै प्रदेशका अध्यक्ष तथा पदाधिकारी, जिल्ला अध्यक्ष, पदाधिकारी गरि ३ सय बढीको सहभागिता रहेको छ ।

कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले अध्यक्षको प्रतिबेदन, महासचिवको प्रतिबेदन पुरुषोत्तम भट्टराई र कोषाध्यक्ष कृष्ण भट्टराईले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार