Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सक्रिय संक्रमित बढ्न थाले, साेमबार ५ संक्रमितकाे मृत्यु


  • लुम्बिनी चिन्तन
  • आषाढ १५, २०७८ मंगलवार
  • 1.0K
    SHARES

सक्रिय संक्रमित बढ्न थाले, साेमबार ५ संक्रमितकाे मृत्यु

रुपन्देहीमा कोरोनाकाे सक्रिय संक्रमण फेरि उकालो लागेको छ । संक्रमणको दोस्रो लहर पछि पछिल्लाे समय घट्दै गएकाे संक्रमण साेमबार फेरि बढेको हो । लगातार सक्रिय संक्रमित घटिरहेकाे बेला फेरी साेमबारबाट बढेकाे छ । 

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना संक्रमित फेला परेका छन् । गत विहीबार पाँच जनामा संक्रमण देखिएकोमा त्यसको चार दिनपछि सात गुणा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा दुई सय ३ जनालाई परिक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । कार्यालयका अनुसार उक्त अवधिमा पाँच जना संक्रमितको ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा पाँच जना संक्रमितले ज्यान गुमाएका छन् । 

लक्षणसहित परिक्षण गराउन आउनेहरुको संख्या बढेकाले संक्रमितको संख्या बढ्न गएको स्वास्थ्य कार्यालयले बताएको छ । 
पछिल्लो समय थपिनेमा बुटवलका १४ जना, तिलोत्तमाका ९ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना, ओमसतियाका १ जना, कञ्चनका ३ जना, रोहिणीका २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ जना र शुद्धोधनका १ जना रहेका छन् । 

योसँगै जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित पुगेका छन् । गत शुक्रबारदेखि जिल्लामा सक्रिय संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । शुक्रबार दुई सय, शनिबार दुई सय तीन, आइतबार दुई सय एक हुँदै आज सोमबार दुई सय १५ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार