भैरहवा । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सन्चालित ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।
यहि असार १२,१३ र १४ गते तिनदिनसम्म तालिम सन्चालन भएको हो । क्लबका तालिम संयोजक दिपेन्द्र बडुवालको अध्यक्षतामा भएको तालिममा क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीलाई कोभिड पछिको पत्रकारिताका बारेमा प्रमुख प्रशिक्षक कमल पन्थीले सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी पत्रकारको काम कर्तव्य र अधिकारका बारेमा कान्तिपुर पब्लिकेशनका उपसम्पादक माधव ढुगांनाले तालिम दिनुभएको थियो । आजको पत्रकारिता कसरी टिकाउने भन्ने बारेमा दिपेस पछाइले ,मिडिया काउन्सिल विधियक को बारेमा विन्दु चौहानले र तराइ मधेसमा रिपोर्टिगंको अवस्थाका बारेमा मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।
तालिम समिति सदस्य प्रतिक पौडेलको स्वागत मन्तव्य तथा उषा केसीको सन्चालनमा भएको कार्यक्रमको धन्यवाद ज्ञापन क्लबका अध्यक्ष नरेश केसीले गर्नुभएको थियो ।