Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आर्थिक अभावले सात महिना देखि रोकिएको शल्यक्रिया बोहिमियन्सले गरायो


  • लुम्बिनी चिन्तन
  • आषाढ १५, २०७८ मंगलवार
  • 1.9K
    SHARES

आर्थिक अभावले सात महिना देखि रोकिएको शल्यक्रिया बोहिमियन्सले गरायो

भैरहवा । सामाजिक क्रियाकलाप सक्रिय लायन्स क्लब अफ भैरहवा बोहिमियन्सले सात महिना सम्म अप्रेशन गराउन नसकेका एक युवाको अप्रेशन गराएको छ ।

युवाहरुकै समूह रहेको क्लबले आर्थिक अवस्था कमजोर रहेका ओमसतिया–४, बालापुरका अरबाज अन्सारीको मंगलबार बिहान हातको अप्रेशन गराएको हो ।

सात महिना अगाडि घर जाने क्रममा साइकलबाट लडेर अन्सारीको हातमा चोट लागेको थियो । डाक्टरसंग चेकजाच गाराउदा हात नै भाचिएको र छिटै अप्रेशन गर्नुपर्ने परामर्श डाक्टरले गरे ।

जसो तसो हाथमुख जोडिरहेको परिवारको आयस्रोत भने न्युन छ, हुदा हुदै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाले पनि उनीहरुको परिवार चलाउन सकस नै थियो । यही समयमा छोराको हात भांचिएर अप्रेशन गर्नुपर्ने जसको खर्च करिब ढेड लाख आउने अनुमान चिकित्सकले परिवारलाई सुनाए ।

हातमुख जोड्न हम्मे हम्मे परेको परिवारलाई पैसाको अभावमै छोरोको हातको अप्रेशन गर्नु ठूलो कुरा थियो । दाता र मनकारीहरुको पखाईमा रहेको अन्सारीको सात महिना बित्दा पनि अप्रेशन हुन नसकेको कुरा लायन्स क्लब अफ भैरहवा बोहिमियन्सले थाहा पायो ।

क्लबले जानकारी पाएसंगै संस्थापक अध्यक्ष कृतेश कुमार श्रेष्ठको अगुवाईमा अप्रेसन वापत लाग्ने खर्च संकलन गरी सहयोग गरिएको क्लबले जनाएको छ ।

क्लबका सदस्य आशिष पन्थीको संयोजकत्व रकम संकलन गरी सोमबार अन्सारी परिवारलाई एक लाख सहयोग गरेको अध्यक्ष श्रेष्ठले जनाए ।

क्लबले बुटवल स्थित लुम्बिनी सिटि हस्पिटलका चिकित्सक राहुल श्रेष्ठसंग समन्वय गरी अन्सारीको अप्रेशनका लागि पहल समेत गरेको छ । करीब एब लाख पचास हजार लाग्ने खर्च अस्पतालले न्युनतम लागतमा अप्रेशन गर्ने गरी मंगलबार विहान अप्रेशन भएको छ । ७०–८० हजार अपरेसन खर्च र २० हजार सम्म औषधी खर्चअनुमान सहित हामीले परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अस्पतालका चिकित्सक श्रेष्ठसंग परामर्श गरेर क्लबको अग्रसरतामा नै अन्सारीको अप्रेशन भएको छ, करिब ४ घण्टा लगाएर भएको अप्रेशन पश्चात अन्सारीको अवस्था सामान्य रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार