Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोटरीका दुइ प्रोजेक्ट: आम्दामा अक्सिजन प्लान्ट,  वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर


  • लुम्बिनी चिन्तन
  • आषाढ १५, २०७८ मंगलवार
  • 1.1K
    SHARES

रोटरीका दुइ प्रोजेक्ट: आम्दामा अक्सिजन प्लान्ट,  वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर

बुटवल । रोटरी क्लव अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्ट अन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ । परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा इ लर्निंङ्ग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको बताए ।

उनले ब्लड कलेक्सन मोवाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिङ्ग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताए । उनले सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मावाइल कलेक्सन भ्यानका लागि ६० लाख लगानी रहेको बताए ।

कार्यक्रमको उदघाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०–२१ का डिष्ट्रिक गभर्नर राजीव पोखरेलले गरेका थिए ।

सो अवसरमा बोल्दै उनले रोटरी क्लव अफ बुटवल रिजन फाइभ मै पहिलो नम्बरमा आउन सफल भएको भन्दै यो वर्ष पनि क्लवले महत्वपूर्ण सफलता हासिल गरेको बताए । उनले ग्लोबल ग्रान्ट अन्तर्गत दुर्इैवटा महत्वपूर्ण परिजोजना सम्पन्न गरेकोमा क्लवलाई धन्यवाद दिंदै यसले सफलताको उचाई अरु बढाएको बताए ।

कार्यक्रममा क्लवका वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजू, क्लवका पुर्व अध्यक्ष एवं क्लव मेन्टर कृष्णप्रसाद अर्याल, एजी खिमानन्द भुसाल र राजेन्द्र लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, क्लवका पुर्व अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

त्यस अवसरमा रोटरी क्लव अफ बुटवलले पत्रकार महासंघ रुपन्देहीलाई स्वास्थ्य सामग्री अन्तर्गत मास्क र सेनिटाइजर प्रदान गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार