Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अपराधको ४४ वर्षपछि पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०७८ बिहिवार
  • 2.2K
    SHARES

अपराधको ४४ वर्षपछि पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले कोभिड १९ को महामारीकै बीचमा  कर्तव्य ज्यान घटनाको ४४ बर्ष पछि सर्वस्व सहित जन्मकैद भएका २ जना फरार प्रतिवादीहरु पक्राउ  गरेको छ ।

फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्धामा सर्वश्व सहित जन्मकैद भएका रुपन्देही साबिक बलरामपुर गा.वि.स.वडा नं.७ हाल लुम्बिनि सांस्कृतिक नगरपालिका वडा नं.२ बस्ने ७० विर्षय  चिनगुद चाई र सोही स्थानका ७० वर्षिय कप्तान चाई रहेका छन् ।

दुवै जना ओरी अहिर र कृष्ण प्रसाद अहिरलाई कर्तव्य गरी मारेको अपराधमा सर्वोच्व अदालतले २०४० साल बैशाख ८ गते कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्मकैदको सजाय फैसला सुनाएको थियो ।

अप्रेशन अन्तर्गत प्रहरीले लामो समयपछि उनीहरुकै घरबाट प्रक्राउ गरिएको जनाएको छ । रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले प्रहरीले २०७८ साल बैशाखदेखि  फरार प्रतिवादी बिरुद्धको अप्रेशन कार्यक्रम सञ्चालित  संचालन गरेको थियो ।

प्रहरीले पहिलो त्रैमासिक अथवा यो तिन महिनाको अविधीमा २१ ज्ना १० वर्षमाथि कैद सजाय तोकिएका फरार २१ जनालाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाईएको रुपन्देही प्रहरी प्रवतmा प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए । प्रहरीका अनुसार २०३४ साल भदौ २५ गते राति ओरी अहिर र कृष्ण पसाद अहिरको हत्या भएको थियो ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार