भैरहवा । ओरोला लागेको रुपन्देहीको संक्रमणदर पुनः उकालो लागिरहेको छ । एक साता अघि गत विहीबार जिल्लामा ५ जना कोरोना संक्रमति थपिदा सक्रिय संक्रमित २२९ जना रहेपनि आज सो संख्या बढेर २६५ पुगेका छ ।
एक सातामा मात्रै २१० जना नयाँ संक्रमित थपिएका छन भने दैनिक रुपमा सक्रिय संक्रमितको संख्या बढेको छ ।
रुपन्देहीमा बिहीबार २२ जना संक्रमण मुक्त हुदा ३६ जना नयाँ संक्रमित थपिएका छन । जिल्ला भरी २२९ जनाको आररटी पिसिआरबाट परिक्षण गर्दा १६ दशमलव ६ प्रतिशत अर्थात ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाका ७ वटा पालिकाका १८ महिला र २० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार लगातार संक्रमण हुनेको संख्या बढ्दो र निको हुनेको संख्यामा गिरावट आएसँगै सक्रिय संक्रमितको संख्या बढेको छ
आज थपिएका संक्रमित मध्ये बुटवल उपमहानगरपालिकमा ७ महिला सहित १६ जना रहेका छन । त्यस्तै तिलोत्तमामा १० जना, देवदहमा ६ जना, सिद्धार्थनगरमा र सैनामैनामा २–२ जना, र ओमसतिया, कंचनामा १–१ जना संक्रमित थपिएको कोभिड फोकल पर्सन समेत रहेका शाहले बताए । आज जिल्लामा मृत्यु हुनेको संख्या शुन्य छ ।
कार्यालयका अनुसार हाल सम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८८ पुगेको छ । २८ हजार १ सय ४९ जना संक्रमित जिल्लाभरि देखिएकोमा २७ हजार ३ सय ९६ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित २ सय ६५ जना मध्ये ५८ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बांकी २ सय ७ जना होम आइसोलेशनमा रहेका छन ।