Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोटरीद्वारा इलाका प्रहरी प्रमुखलाई स्वागत


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०७८ बिहिवार
  • 544
    SHARES

रोटरीद्वारा इलाका प्रहरी प्रमुखलाई स्वागत

बुटवल । रोटरी क्लव अफ बुटवलले एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुंवरलाई बुधबार स्वागत गरेको छ ।

क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक इलाका प्रहरी कार्यालयका  प्रमुख प्रहरी नायब उपरीक्षक कुंवरलाई स्वागत तथा सम्मान गरेको हो ।

त्यस अवसरमा क्लवका तर्फबाट अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सुरक्षित रहनका लागि इलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो । त्यस अवसरमा प्रहरी नायब उपरीक्षक कुँवरले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न रोटरी क्लव अफ बुटवलसँग सहकार्य गरी अघि बढ्ने बताए ।

कार्यक्रममा क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली, रोटरीयन दया भण्डारीलगायतले आ आफ्नो धारणा राखेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार