भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको पहिलो पदस्थापन कार्यक्रम विहीवार भैरहवामा सम्पन्न भएको छ ।
सन् २०२० मा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष शान्ता जिसिको स्वर्गारोहण पछि संस्थाका उपाध्यक्ष माया सारुमगरले कार्यवाहक अध्यक्षका रुपमा कार्यभार सम्हाल्दै आएकी थिईन् ।
२०२१ ÷ २२ को अध्यक्षमा माया सारुमगर पुनः निर्वार्चित भएको निर्वाचन अधिकृत रुपमा हिराचनले जानकारी दिईन् । संस्थाको प्रर्थम उपाध्यक्षमा निर्मला श्रेष्ठ, द्धितीय उपाध्यक्षमा यमकला न्यौपाने,तृतीय उपाध्यक्षमा सरस्वती केशी निर्वार्चित भएका छन् । यस्तै आगामी कार्यकालको लागि संस्थाको सचिवमा मिनिता थापा, कोषाध्यक्षमा पवित्रा पछाई, सहसचिवमा उषा क्षेत्री, सहकोषाध्यक्षमा मालती लिगल चयन भएका छन् ।
सदस्यता वृद्धि संयोजकमा नुमा ज्ञवाली, क्लब सर्विस चियर पर्सनमा करुणा थापा, एलसिआईएफ कोअडिनेटरमा करुणा सिंह ठकुरी, मार्केट्रिङ्ग कम्युनिकेशनमा दुर्गा भुषाल, क्लब एडमिनिस्टर प्रेमा गुरुङ्ग, टेमर शुशिला पौडेल, टेल ट्वीस्टर हिरा खत्री, डाईरेक्टरहरुमा नम्रता हटुवाल, जानुका भट्टराई, टिका आचार्य, गोमा उप्रति, शारदा भुषाल, मन्दाकिनी विष्ट निर्वाचित भएका छन् ।
यस्तै संस्थाको सल्लाहकारमा सिता श्रेष्ठ, शकुन्तला राणा, सिमा कौशल चयन भएको निर्वाचन अधिकृत रुपमा हिराचनले जानकारी दिईन् । निर्वार्चित अध्यक्ष सहितका पदाधिकारीलाई एक समारोहका बीच प्रमुख अतिथि लायन्स क्ल अफ ईन्टरनेश्नल ३२५ विटु का सेकेण्ड भिडिजी नवराज न्यौपानेले पदस्थापन गराए ।
सो अवसरमा लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ विटु का को चिफ कोअडिनेटर धर्मराज श्रेष्ठ, महेश चन्द्र थापा, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य, राजेश खरेल, दुर्गा आचार्य, मञ्जु खरेल, विजय पाण्डे, सिता श्रेष्ठ, अनिता थापा, सुर्य कुमार सारु मगर लगायतले शुभकामना मन्तव्य व्यतm गर्दै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल र सृजनशिल कार्यकालको लागि बधाई तथा शुभकामना व्यतm गरे । लायन्स टुलिपले स्थापनाको एक वर्षमै विभिन्न सामाजिक उत्तरदायित्वका काम गरेको र अवको वर्षमा यसलाई अझ प्रभावकारी रुपमा संचालन गरिने संस्थाका अध्यक्ष माया सारुमगरले प्रतिवद्धता जनाईन् ।