Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दुर्घटना न्यूनिकरण गर्न छाडा चौपायाको घाँटीमा रिफ्लेक्टर


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०७८ बुधवार
  • 2.1K
    SHARES

दुर्घटना न्यूनिकरण गर्न छाडा चौपायाको घाँटीमा रिफ्लेक्टर

भैरहवा । भैरहवा सहित देशका अधिकांस शहर छाडा चाैपायाले पिराेलित भएकाे छ ।  सबै जसो शहरी क्षेत्रको लागि छाडा चौपाया टाउको दुखाइको विषय नै भएको छ। स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनलाई छाडा  व्यवस्थापनको लागि सकस भइरहेकाे बेला चौपाय व्यवस्थापनको लागि विभिन्न योजना ल्याएको भएपनि स्थायी रुपमा समाधान हुन सकेको छैन ।

दिउसमा मात्र नभई छाडा गाइबस्तुले रातको समयमा पनि दुर्घट्ना गराउने गरेको छ। त्यसरी रातको समयमा हुने दुर्घट्ना कम गर्न ट्राफिक प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ। रातीमा यात्रा गर्दा गाइबस्तुसँग भएका स्टिकर परैबाट टल्कने हुँदा दुर्घट्नाको जोखिम कम हुने आशा गरिएको छ । 

collage (58).jpg

यो अभियान बुटवल, भैरहवासँगै प्रदेशको सबैजसो जिल्लाहरुमा सुरु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । ‘सडकमा छोडिएका छाडा गाइबस्तुहरुलाई टल्किने स्टिकर लगाइदिएपछि राती दुर्घट्नाको जोखिम कम हुन्छ भनेर सुरु गरेको हो।’ उनले भने ‘प्रदेशका सबै जसो जिल्लामा यो अभियान सुरु गरेका हौं।’

छाडा गाइबस्तुको कारण रातको समयमा दुर्घट्ना हुँदा प्रदेशमा बर्षेनी २० देखी ३० जनाले ज्यान गुमाउने गरेका छन् । त्यस बाहेक थुप्रै यात्रु घाइते भएका छन् । यसैगरी सवारी साधनको ठक्करबाट चौपायहरुको पनि मृत्यु हुने र घाइते हुने क्रम बढेको डिएसपी पाण्डेले बताए । ‘कतिपय सवारी साधनगाइसँगै ठोकिने गरेको छ । गाइसँगै नठोकिएपनि तरकाउँछु भनेर पनि सवारी साधन पल्टिने गरेको छ ।’ उनले भने ‘सवारीमा झ्याप्प ब्रेक हान्दा लडेर घाइते हुने गरेका छन् । उस्तै संख्यामा गाईहरु घाइते हुन्छन्।’

लुम्बिनी प्रदेशमा २५ सयदेखी ३ हजार जति छाडा चौपाय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको अनुमान छ। सकभर सबै चौपायलाई स्टिकर लगाइदिने तयारी रहेको डिएसपी डिल्लीनारायण पाण्डेले बताए । तर छाडा गाइबस्तुलाई स्टिकर लगाउन सहज भने छैन। ‘हाम्रो प्रयास छाडा चौपाय जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखे गाइहरुले झम्टिन खोज्छन्।’ डिएसपी पाण्डेयले भने ‘त्यसैले सिभिल ड्रेसमा गएर फकाइ फकाई लगाइदिनुपर्ने  हुन्छ ।’ 

collage (60).jpg

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक दामोदर मल्लकाे नेतृत्वले सिद्धार्थनगर नगरपालिका क्षेत्रका १५ वटा छाडाचौपायकाे घाँटीमा रिफ्लेक्टर लगाएकाे छ । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, नवलपरासी (पश्चिम) बाट खटिईएको टोलिले मंगलबार राजमार्ग तथा बजार एरीयामा छाडा छोडिएका चौपायाको घाँटीमा रिफ्लेक्टर स्टीकर लगाएकाे छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पार्किङलाई व्यवस्थित गर्न ‘रोड मार्किङ’ समेत सुरु गरेको छ । पार्किङलाई थप व्यवस्थित बनाउन निश्चित ताेकिएकाे ठाँयमा रोड मार्किङ सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवस बहादुर जि.सी.ले बताए ।

गाडी/मोटरसाइकल एकै ठाउँमा पार्किङ गर्दा अव्यवस्थित जस्तो देखिएपछि सडकमा गाडी/मोटरसाइकलको ब्लक छुट्टयाउन मार्किङ गरिएको छ । मार्किङ गरिसकेपछि पनि पार्किङ अव्यवस्थित देखिए प्रहरीलाई पनि ट्राफिक नियम अनुसार कारवाही गरिने प्रहरी निरीक्षक जि.सी.ले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार