Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा नमुना माविद्वारा विद्यार्थीहरुलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०७८ बिहिवार
  • 3.6K
    SHARES

भैरहवा नमुना माविद्वारा  विद्यार्थीहरुलाई सम्मान

भैरहवा । भैरहवा नमुना माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई सम्मान गरेको छ । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिचमा विद्यालयले उच्च शिक्षाका लागी बिभिन्न क्षेत्रमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको विद्यालयका प्रिन्सिल चुन्न प्रसाद पाण्डेयले बताउनुभयो ।

मेडिकल काउन्सिलद्धारा एम बि बि एस का लागी लिएको परीक्षामा मुस्लीम कोटाबाट प्रथम स्थानमा नाम निकाली पुर्ण छात्रबृत्ती प्राप्त गर्न सफल ऐनुदिन देवान , खुल्ला तर्फ एक सय दशैां स्थानमा नाम निकाली पुर्ण छात्रबृत्ती प्राप्त गर्न सफल हिमाल आचार्य , बिडिएसमा पुर्ण छात्रबृत्ती प्राप्त गर्न सफल युघिष्ठ ज्ञवाली लाई सम्मान गरिएको थियो ।

त्यसैगरी एम बि बि एसमा नाम निकाल्न सफल अभिषेक अग्रहरी , बिपिएचमा नाम निकाल्न सफल सन्ध्या लोनिया, र बिडिएसमा नाम निकाल्न सफल अनिसा पाण्डेयलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालीकाका मेयर हरी प्रसाद अधिकारीले उतीर्ण विद्यार्थीहरुलाई नगद तथा खादाले सम्मान गर्नुभएको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा समाजसेवी नारायण प्रसाद अग्रवाल , ओमकार गौचन नमुना एकीकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेल , विद्यार्थी हिमाल आचार्य , अभिभावक जैनुदिन देवान , भर्ना तथा जनसंम्र्पक संयोजक ओम प्रकाश बिक , अधिवक्ता जगत बहादुर रायमाझी , शिक्षक शालिक राम भण्डारी लगायतले सुभकामना मन्तब्य व्यतm गनुभयो । कार्यक्रममा साहायक क्याम्पस प्रमुख कमल प्रसाद नेपालको स्वागत तथा  शिक्षक रामेश्वर सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार