Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि, होम सेन्टरबाट गर्ने निर्णय (परिक्षा तालिका सहित)


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०७८ बिहिवार
  • 1.2K
    SHARES

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि, होम सेन्टरबाट गर्ने निर्णय  (परिक्षा तालिका सहित)

कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । 

यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उहाँले बताए । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो । 

८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

परीक्षाको रुटिनसमेत बोर्डले प्रकाशित गरेको छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो । कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।  

परिक्षा तालिका 

ROUTINE.jpg


लुम्बिनी चिन्तन

थप समाचार