Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पूर्व प्रहरी कर्मचारीहरुसँग रुपन्देही प्रहरीकाे पुनर्मिलन


  • लुम्बिनी चिन्तन
  • आश्विन २१, २०७८ बिहिवार
  • 1.8K
    SHARES

पूर्व प्रहरी कर्मचारीहरुसँग रुपन्देही प्रहरीकाे पुनर्मिलन

बुटवल । प्रहरी दिवसको अवसर पारेर रुपन्देही प्रहरीले अवकास प्राप्त पूर्व प्रहरीहरु बीच पुनर्मिलन कार्यक्रम भएको छ । दिवसका अवसरमा रुपन्देहीमा स्थायी वतन भएका अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरुसँग रुपन्देही प्रहरीले पुनर्मिलन गरेको हो ।

कार्यक्रममा रुपन्देहीमा बसोबास गरिरहेका पूर्व प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक देखि पूर्व प्रहरी हवल्द्धारहरु समेत गरी ८९ जना पूर्व प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले सरकारी सेवाबाट अवकास पाएपनि प्रहरीहरु राष्ट्रप्रतिको कर्तब्यबाट कहिल्यै अवकास नपाउने बताए ।

भुतपूर्व प्रहरी संगठनका अध्यक्ष एवं पूर्व प्रहरी निरीक्षक प्रेम पौडेल तथा पूर्व प्रहरी नायव उपरीक्षक मेघराज कँडेलले शुभकामना ब्यक्त गरे ।

दिवा भोज सहित सम्पन्न भएको कार्यक्रममा रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापा, बहालवाला प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार