भैरहवा । २ अर्ब ५० करोड मुल्य बढीको बुद्ध मुर्ती मंगलबार भैरहवा भन्सार कार्यालयमा आईपुगेको छ ।
गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलमा राखिने सो मुर्ती लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतीक नगरपालीका मार्फत गौतमबुद्ध बिमानस्थलमा राख्नका लागी यो बुद्ध मुर्ती ल्याईएको फाउण्डेसनका महासचिव एक राज गिरिले बताउनु भयो । म्यानमारमा बनाईएको यो मुर्ती भारत हुदे नेपाल ल्याईएको हो ।
मुर्तीलाई कातिक १४ गते राष्ट्रपति मार्फत गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल परिषरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरिले बताउनु भयो । नेपाल सरकार अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरि मुर्ती भित्राईएको हो । वाइडजेड स्टोन बाट बनेको बुद्ध मुर्ती १८ सय केजीको छ ।
यो मुर्ति लोटस ल्पावर सहित १ दशमलब ९ मीटर अग्लो , ६० सेन्टीमिटर चौडाई र १ मिटर मोटाई रहेको छ । यो मुर्तीलाई भैरहवा लुम्बिनी परिक्रमा गरि गौतमबुद्ध बिमानस्थल परिषरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिएनु भयो । म्यानमारमा पाईने बहुमुल्य ढुड.गाको अन्तराष्ट्रिय बजारमा एक ग्रामको १ हजार २ सय हड.कड. डलर पर्ने फाउण्डेसनले जनाएको छ । यो मुर्ती १८ सय केजीको छ ।