Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाढी, पहिरोमा १ सय ११ जनाको ज्यान गयो, ३७ जना बेपत्ता


  • लुम्बिनी चिन्तन
  • कार्तिक ५, २०७८ शुक्रवार
  • 778
    SHARES

बाढी, पहिरोमा  १ सय ११ जनाको ज्यान गयो, ३७ जना बेपत्ता

देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय ११ पुगेको छ । आज शुक्रवार दिउँसोसम्म बाढी, पहिरो र डुबानमा परि एक सय ११ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ । 

बाढी, पहिरोमा परि प्रदेश १ मा ६५ जना, सुदूरपश्चिममा ३२ जना, कर्णालीमा सात जना, लुम्बिनीमा चार जना, गण्डकीमा दुई जना र वाग्मतीमा एक जनाको ज्यान गएको हो । 

यस्तै बाढी, पहिरोमा परी ३७ जना बेपत्ता छन् । सुदूरपश्चिममा २३ जना, प्रदेश १ मा ११ जना र प्रदेश २, लुम्बिनी, कर्णालीमा एकरएक जना बेपत्ता रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै प्रदेश १ मा २१ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा चार जना गरी ४२ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । 

बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । गएको शनिवार रातिदेखिको वर्षाका कारण एक हजार एक सय ८८ घर परिवार विस्थापित भएका प्रहरीको तथ्याङ्क छ । 


लुम्बिनी चिन्तन

थप समाचार