Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा पनि खोप अभियानको सुरुवात, एक हजार जनालाई लगाइने


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०७७ मंगलवार
  • 782
    SHARES

भैरहवामा पनि खोप अभियानको सुरुवात, एक हजार जनालाई लगाइने

भैरहवा। नेपाल सरकारले कोरोना विरुद्धको खोप अभियानको सुरुवात गरेसँगै भैरहवामा पनि खोप लगाउन सुरु भएको छ। भिम अस्पतालमा आयोजित कार्यक्रमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले खोप अभियानको उद्घाटन गरेका हुन । 
पहिलो खोप भिम अस्पतालका चिकित्सक तथा कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिलाई लगाइएको छ। भिम अस्पतालका लागि एक सय भाइल कोभिड १९ विरुद्धको भ्याकसिन आएको छ।
प्रति व्यक्ति आधा मिलिग्राम लगाइने उक्त खोप एक हजार जनालाई लगाइने भिम अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले बताए। रुपन्देहीको हकमा अग्रपक्तिमा रहेरकाम गर्ने स्वास्थ्यकर्मी, अस्पतालकमा कर्मचारी, सरसफाई कर्मी, एम्बुलेन्स चालक, विमानस्थलका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र शव व्यवस्थापनमा खटिनेलाई प्राथमिकताको आधारमा भ्याक्सिन लगाइने छ। पहिलो चरणमा अस्पताल परिसरमा १० दिन सम्म खोप लगाइने छ। 
खोप लगाउनका लागि भ्याकसिन फोकल पर्सन डा नारयाण पोखरेलको संयोजकत्वमा ४ जना तालिम प्राप्त स्वास्थ्यक कर्मी रहेको खटिएका छन । त्यस्तै निगरानीका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शकुन्तला गुप्ताको संयोवकत्वमा ३ सदस्यीय टिम खटिएको अस्पतालले जनाएको छ ।
पहिलो चरणमा खोप अभियानमा स्वास्थ्यकर्मीहरु प्राथमिकतामा परेपनि साइड इफेक्टको डरका कारण खोप लिनेको संख्या कम देखिएको छ । ६ महिना म्याद अवधि रहेको खोप प्राथमिकतामा परेका बाहेक अन्य व्यक्तिहरुका लागि क्रमश लगाउदै जाने अस्पतालले जनाएको छ । खोपको पहिलो डोज लगाएको ४ हप्ता पछि दोस्रो डोज लगाउनु पर्ने छ । 


लुम्बिनी चिन्तन

थप समाचार